१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २९ मंगलबार
  • Sunday, 25 August, 2024
रासस कैलाली
२o८१ जेठ २९ मंगलबार १७:५२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

धनगढीको ‘श्रमाधान रोजगार मेला’मा २६ सय बढीले दिए आवेदन

Read Time : < 1 मिनेट
रासस, कैलाली
नयाँ पत्रिका
२o८१ जेठ २९ मंगलबार १७:५२:oo

यही जेठ २७ र २८ गते धनगढीमा सञ्चालित ‘श्रमाधान रोजगार मेला’मा २६ सयभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन्। 

संघीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको मेलामा रोजगारीका लागि दुई हजार ६६९ जनाले आवेदन दिएका श्रम तथा रोजगार कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख जनकसिंह उखेडाले जानकारी दिए।

मेलामा उपस्थित भएर एक हजार चार सय ६९ जना र अनलाइनमार्फत एक हजार दुई सयजनाले आवेदन दिएको उखेडाले बताए। उनका अनुसार प्रदेशका नौवटा जिल्लामध्ये सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुर तथा अन्य पहाडी जिल्लाका युवाले आवेदन दिएका छन्। विभिन्न रोजगारदाताले दुई हजार ६ सय ५४ जना माग गरेका थिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव वसन्तबहादुर बोहोराले रोजगारीको खोजीमा रहेका व्यक्ति र रोजगारदाताबीच समन्वय गर्न श्रमादान मेलाले महत्त्वपूर्ण भूमिका खेलेको बताए।

मेलामा सुरक्षित आप्रवासन, रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाइ, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध र कानुन, सामाजिक सुरक्षा एवं आन्तरिक रोजगारीलगायत विषयमा कार्यशाला सञ्चालन गरिएका थिए।