१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २० आइतबार
  • Sunday, 08 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २० आइतबार ११:१o:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

तेस्रो सांग्रिला साइकल र्‍याली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २० आइतबार ११:१o:oo

तेस्रो सांग्रिला साइकल र्‍याली शनिबार सम्पन्न भएको छ । सांग्रिला डेभलपमेन्ट बैँकले ‘इन्धन बचाऔँ, वातावरण जोगाऔँ’ भन्ने नाराका साथ डेभलपमेन्ट बैँकर्स एसोसिएसन नेपाल, बिवाइडीलगायत ३५ भन्दा बढी संघ–संस्थासँगको सहकार्यमा साइकल र्‍याली सम्पन्न भएको र्‍यालीका संयोजक लेखनाथ पौडेलले बताए । बैँककी सञ्चालक लिसा शेरचनबाट साइकल र्‍यालीमा सहभागीलाई वातावरण संरक्षणका सन्दर्भमा सर्वसाधारणको दायित्व विषयमा सम्बोेधन गरेसँगै र्‍यालीको सुरुवात भएको थियो ।

र्‍याली सानो गौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटी, दरबारमार्ग, भद्रकाली मन्दिर, सहिदगेट, त्रिपुरेश्वर रंगशाला, थापाथली, माइतीघर, बिजुली बजार पुल करिडोर बाटो हुँदै सेतोेपुल, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानो गौचरन मैदानमा पुगेर करिब १० किमि दूरीको यात्रा सम्पन्न भएको बैंकले जनाएको छ । तेस्रो संस्करण र्‍यालीसम्म आइपुग्दा १५ सयभन्दा बढीको सहभागिता रहेको संयोजक पौडेलको भनाइ छ । 

बैंकले वातावरण संरक्षण, इन्धनको मितव्ययिता एवं साइकलजस्तो वैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदूषण नियन्त्रण तथा वातावरण संरक्षणमा टेवा पुर्‍याउनमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ । साथै, वातावरणलाई स्वच्छ राख्ने उद्देश्यका साथ ‘सेभ फ्युल, सेभ इनभायरोमेन्ट’लाई बैँकले निरन्तरता दिँदै जाने बताएको छ ।

र्‍यालीमा सहभागीलाई टिसर्टका साथै विभिन्न संस्थाका तर्फबाट उपहार पनि प्रदान गरिएको थियो । साथै, सहभागीमध्ये गोलाप्रथाबाट रविन रचालिकालाई उपहारस्वरूप एउटा साइकलसमेत प्रदान गरिएको बैंकको भनाइ छ । त्यसैगरी, बैंकले साइकल र्‍यालीकै दिन पारेर ग्रिन सेभिङसम्बन्धी प्रोडक्टसमेत लन्च गरेको छ । 

साइकल र्‍यालीका संयोजक लेखनाथ पौडेल भन्छन्–
कार्यक्रम अपेक्षितभन्दा बढी सफल भयो । करिब एक हजार पाँच सयजनाको सहभागिता थियो । साइकलयात्री मात्रै एक हजार दुई सयभन्दा बढी सहभागी भएको र्‍यालीमा ३५ कम्पनी आबद्ध भए । साथै, बिवाइडी र सिप्रदीलगायत कम्पनीका स्टल पनि थिए ।