Skip This
काठमाडौंं महानगरपालिकाको स्वास्थ्य विभागद्वारा दुईवटा फार्मेसीमा तालाबन्दी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १७ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १७ बिहीबार २१:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंं महानगरपालिकाको स्वास्थ्य विभागद्वारा दुईवटा फार्मेसीमा तालाबन्दी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १७ बिहीबार २१:२१:oo

काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगन्जको कम्पाउन्डभित्रै सञ्चालनमा रहेका दुईवटा निजी फार्मेसीमा ताला लगाएको छ।

अस्पतालको कम्पाउन्डभित्र मापदण्डविपरीत फार्मेसी सञ्चालन गरिएको भेटिएपछि पानोरमा र पञ्चकन्या फार्मेसीमा ताला लगाइएको महानगरपालिकाका निमित्त स्वास्थ्य विभाग प्रमुख सजिना महर्जनले जानकारी दिइन्।

उनले भनिन्, 'हामी अर्कै फार्मेसीविरुद्धको परेको उजुरीउपर अनुगमनका लागि त्यहाँ गएका थियौँ, टिचिङ हस्पिटलको कम्पाउन्डभित्रै निजी फार्मेसी सञ्चालन भएको र त्यसैमाथि मापदण्डविपरीत भेटिएपछि ताला लगाएका छौँ।'

भ्याक्सिनलाई उचित तापक्रममा नराखेको, अनुमतिविनै नार्कोटिक्स ड्रग्सजन्य औषधि बेचिएको, औषधि स्टोरेज पनि मापदण्डअनुसार नभएको पाइएको विभागले जनाएको छ। ताला लगाइएका फार्मेसीलाई के कारबाही हुने भन्ने विषयमा अहिले अध्ययन भइरहेको निमित्त स्वास्थ्य विभाग प्रमुख महर्जनले बताइन्।