१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Thursday, 20 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १६ बुधबार १४:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कलंकी क्षेत्रमा गुन्डागर्दीमा संलग्न दुईजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार १४:oo:oo

काठमाडौंको कलंकी क्षेत्रमा गुन्डागर्दीमा संलग्न दुईजनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ। स्थानीय सुरज कार्की र अभिषेक सिंह पक्राउ परेका हुन्।

उनीहरूले स्थानीयलाई धम्क्याएर पैसा असुली गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए।

पैसा नदिए उनीहरुले कुटपिट र लछारपसारसमेत गरेका थिए। पक्राउ परेकामध्ये सिंह बैंकिङ कसुर मुद्दामा पनि फरार रहेको खुलेको छ। उनीहरूबाट अरू पीडित भएमा उजुरी गर्न प्रहरीले आग्रह गरेको छ। 
 

ad
ad
ad
ad