१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १ बुधबार ०८:३३:००
Read Time : < 1 मिनेट
सप्तरंग

ब्रेकअपबारे  बोले शाहिद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १ बुधबार ०८:३३:००

अभिनेता शाहिद कपुरको नयाँ फिल्म कबिर सिंहको ट्रेलर सार्वजनिक भइसकेको छ । सो फिल्ममा शाहिदले प्रेममा असफलता भोग्छन् । जसकारण उनी रिसाहा बन्न पुग्छन् । फिल्ममा शाहिदको साथमा मियरा आडवाणी मुख्य भूमिकामा छिन् । 

ट्रेलर लन्चका क्रममा शाहिदले ब्रेकअपसँग जोडिएको निजी अनुभव पनि सेयर गरेका छन् । उनलाई सोधिएको थियो, ‘के तपाईंको दिल टुटेको छ ?’ उनले भने, ‘उनी मेरो जीवनमा त्यो फेजमा भेटिइन्, फरक यति मात्र थियो, म ठीक रहन्थेँ । तर, मेरो दिल के भइरहेको छ, पत्तो पाउँदिनथेँ ।’ उनले मान्छेको दिल टुटेपछि केही कुरा पनि राम्रो नलाग्ने अनुभव सुनाए । उनले भनेका छन्, ‘यस्तो लाग्छ कि सबै ब्ल्याक एन्ड ह्वाइट फिल्मजस्तो हुन्छ ।’ 

शाहिद र करिना कपुरको अफेयर बलिउडको चर्चित लभस्टोरीमध्ये एक रह्यो । उनीहरूको भेट सन् २००४ मा फिदा फिल्मको सेटमा भएको थियो । सुटिङकै क्रममा 
उनीहरू नजिकिएका थिए । 

चार वर्ष प्रेममा रहेका उनीहरू सन् २००७ मा अलग भए । करिनाको सैफ अली खानसँग बिहे भयो भने शाहिदले मीरा राजपुतसँग बिहे गरे । दुवै अहिले सन्तानका अभिभावक भइसकेका छन् ।