राष्ट्रिय सभामा पनि प्रतिपक्षीको अवरोध, शुक्रबारसम्मलाई बैठक स्थगित

मंगलबार, ८ जेठ, २०८१
डिजिटल संस्करण
राष्ट्रिय सभामा पनि प्रतिपक्षीको अवरोध, शुक्रबारसम्मलाई बैठक स्थगित

फाइल तस्बिर ।

राष्ट्रिय सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध गरेको छ।

कांग्रेसको अवरोधबीच आजको बैठकमा आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम र लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ०८१ पेस गएको छ।

बैठकले आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम वाचनका लागि राष्ट्रपतिलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गरेको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अर्को बैठक ११ जेठ शुक्रबार दिउँसो १ः१५ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका हुन्।

राष्ट्रिय सभामा पनि ११ गते शुक्रबार नै नीति तथा कार्यक्रममा छलफल तथा प्रधानमन्त्रीले जवाफ दिने तय गरिएको छ । 

सुझावित समाचार