Skip This
संसदीय समिति कार्यदलमा सहमतिको प्रयास जारी, बैठक साँझ पुन: बस्ने 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार १२:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदीय समिति कार्यदलमा सहमतिको प्रयास जारी, बैठक साँझ पुन: बस्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १२:२६:oo

सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्ने संसदीय समितिको कार्यदिशा टुंगाे लगाउन गठित कार्यदलमा दुवै पक्षबीच सहमतिको प्रयास जारी छ।

सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको आजको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलले आ–आफ्ना धारणा राखे। उक्त विषयमा छलफलपश्चात् सहमतिका लागि पुनः बस्ने गरी बैठक सकिएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। 

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर दुवै सदनका बैठक अवरोध गर्दै आएको छ।
यही जेठ ५ गते सत्तापक्ष र प्रमुख प्रतिपक्षी कांग्रेसबीच संसदीय समिति गठन गर्ने सहमति भएको थियो। 

समितिको कार्यादेश टुंगाे लगाउन कार्यदल गठन गरिएको हो। कार्यदलको आजको बैठकमा सबै पार्टीका तर्फबाट धारणा राखिएको कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए। बैठक आज बेलुका वा भोलि बस्ने उनले बताए।   

कार्यदलमा कानुनमन्त्री पदम गिरी, कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की, एमालेका प्रमुख सचेतक बर्तौला, कांग्रेस सहमहामन्त्री परियार र राष्ट्रिय स्वतन्त्रत पार्टीका शिशिर खनाल छन्।