Skip This
चट्याङले ७२ भेडा मरे
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका संखुवासभा
२o८१ जेठ ८ मंगलबार १२:o३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चट्याङले ७२ भेडा मरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, संखुवासभा
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १२:o३:oo

सभापोखरी गाउँपालिका–५ पेरुम्बामा चट्याङले सोमबहादुर लिम्बूको भेडिगोठमा रहेको ७२ वटा भेडा मरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार आइतबार राति करिब ११ बजेको समयमा वर्षासँगै चट्याङले भेडी खर्कमा भेडा मरेको अवस्थामा भेटिएको हो ।

घटना सम्बन्धमा जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बाह्रबिसे संखुवासभाबाट प्रनानि हरिकुमार भण्डारीको नेतृत्वमा प्रहरी टोली तथा सभापोखरी गाउँपालिकाबाट पशु प्राविधिकसहितको टोली खटिगई स्थलगत जाँचबुझ तथा घटनास्थल मुचुल्का गरेको प्रहरीले जनाएको छ ।

चट्याङबाट अनुमानित १४ लाखबराबरको क्षति भएको प्रहरीको भनाइ छ । सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले सभापोखरी– ५ का लिम्बूको भेडीगोठमा चार सय भेडा रहेको बताइन् । तीमध्ये ७२ वटा भेडा चट्याङले मारेको जानकारी प्राप्त भएको उनको भनाइ छ ।