Skip This
टपरी गाँस्ने प्रतियोगिताको उपाधि तामाङलाई, धूप बाट्नेमा लिम्बू प्रथम
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Friday, 26 July, 2024
२o८१ जेठ ५ शनिबार १३:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टपरी गाँस्ने प्रतियोगिताको उपाधि तामाङलाई, धूप बाट्नेमा लिम्बू प्रथम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १३:३५:oo

ताप्लेजुङ महोत्सवमा प्लास्टिकका भाँडाले विस्थापित गरेको टपरीलाई पुनः जागृत गर्ने र पुराना पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले टपरी गाँस्ने प्रतियोगिता भएको छ।

महोत्सवको दोस्रो दिन शुक्रबार सम्पन्न प्रतियोगितामा दिलमाया तामाङ प्रथम भइन्। ३३ जनाको सहभागिता रहेको प्रतियोगितामा फुङलिङ नगरपालिका– २ की विष्णुमाया गिरी र फुङलिङ– २ कै टीकामाया भट्टराई तेस्रो भए।

टपरी प्रतियोगिताको लागि आयोजकले २० मिनेट समय तथा २० वटा सालका पात र बाँसका सिन्का उपलब्ध गराएका थिए। तोकिएको समयमा छिटो र राम्रो टपरी गाँस्नेले प्रथम तथा मूल्यांकनका आधारमा दोस्रो र तेस्रो छुट्याइएको टपरी प्रतियोगिता सञ्चालन समितिकी संयोजक मातृकादेवी प्रसाईंले जानकारी दिइन्।

यसैगरी, धूप बाट्ने प्रतियोगिताको उपाधि सुकमाया फुरुम्बु लिम्बूले जितेकी छिन्। उनले निर्धारित ५ मिनेटको समयमा १० वटा धूप बटारेकी थिइन्। आठवटा धूप बाटेर कृष्णमाया कार्की दोस्रो हुँदा सातवटा धूप बाटेकी राधिका खवास तेस्रो भइन्।