१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार ११:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसियाको  भाका नाघेको कर्जामा लाग्ने हर्जाना छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार ११:२६:oo

एनआइसी एसियाले भाका नाघेको कर्जा भुक्तान गर्दा शतप्रतिशतसम्म हर्जाना तथा जरिवाना छुट दिने भएको छ । बैंकले आर्थिक शिथिलताका कारण कर्जा ग्राहकमा परेको असर न्यूनीकरण गर्न छुट योजना ल्याएको जनाएको छ । 

छुट योजनाअन्तर्गत ०८० चैत मसान्तसम्मको कर्जाको भाका नाघेकाको हकमा ऋणीले सबै कर्जा जेठ महिनाभित्र चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट पाउनेछन् । 

भाका नाघेको समयावधिमध्ये ९१ दिनदेखि एक सय ८० दिनसम्म १५ प्रतिशत, एक सय ८१ देखि तीन सय ६५ दिनसम्म २५ प्रतिशत र तीन सय ६५ दिनभन्दा बढीमा ३५ प्रतिशत छुट दिने बैंकले जनाएको छ । यसप्रकारको छुट सुविधाले आर्थिक समस्यामा परेका ग्राहकलाई वित्तीयभार कम गर्न सहयोग पुग्ने बैंकको विश्वास छ । 

ad
ad