१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १o:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

औपचारिक रूपमा सुरु भयो ‘इनड्राइभ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १o:५१:oo

राइड सेयरिङ एप ‘इनड्राइभ’ले नेपालमा औपचारिक सेवाको सुरुवात गरेको छ । दर्ताविनै करिब तीन वर्ष सेवा दिएको कम्पनीले औपचारिक सेवाको सुरुवात गरेको हो । औपचारिक रूपमा दर्ता भएसँगै इनड्राइभले चालकबाट १० प्रतिशत कमिसनसमेत लिने भएको छ । यसअघि यो सेवा निःशुल्क थियो । सञ्चालनमा आएको लामो समयसम्म पनि इनड्राइभ दर्ता भएको थिएन ।

दर्ता नहुँदा पछिल्लो समय ट्राफिकले चालकमाथि कारबाही बढाउन थालेको थियो । सोसँगै यसको आधिकारिकतामाथि प्रश्नसमेत उठेको थियो । इनड्राइभ नेपालकी प्रबन्धक रीता पोखरेलले उद्योगका रूपमा आधिकारिक दर्ता भएर नयाँ अध्याय सुरुवात भएको जानकारी दिइन् । 

‘छोटो समयमै इनड्राइभ नेपालमा निकै लोकप्रिय बन्न पुग्यो,’ उनले भनिन्, ‘यो एपले संसारभरका मानिसलाई छनोटको सुविधा दिन्छ । यसलाई नेपाली बजारमा अझ विस्तार गर्ने योजना छ ।’इनड्राइभ प्रयोगकर्तालाई सुरक्षित भुक्तानी गर्न कम्पनीले आइएमईसँग साझेदारी गरेको छ । कम्पनीले आधिकारी रूपमा सुरुवात गरेसँगै दुर्घटना बिमालाई पनि प्राथमिकतामा राखेको जनाएको छ । प्रबन्धक पोखरेलले बिमाबारे प्रक्रिया अघि बढेको र टुंगोे लगाउने बताइन् । 

इनड्राइभमा यात्रु र चालक दुवैले रेटिङका आधारमा आफू कोसँग यात्रा गर्ने भनेर छनोट गर्न सकिने सुविधा रहेको छ । 
साथै, सवारीको समयमा एपमा लाइभ राइडको विवरण सेयर गर्न मिल्ने र सेभ आवर सोल्स (एसओएस) बटनको सुविधा रहेको कम्पनीको भनाइ छ । कम्पनीले काठमाडौंसँगै पोखरा र धरानमा पनि सेवा सुरुवात गरेको छ । अहिले इनड्राइभले ट्याक्सी, मोटरसाइकल र डेलिभरी सेवा दिँदै आइरहेको छ ।

ad
ad