१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o६:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आइपिएलमा सूर्यकुमारको दोस्रो शतक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o६:o६:oo

मुम्बई इन्डियन्सका सूर्यकुमार यादवले इन्डियन प्रिमियर लिग (आइपिएल)मा दोस्रो शतक लगाएका छन् ।आइपिएलअन्तर्गत सोमबार राति भएको खेलमा सूर्यकुमारले सन्राइजर्स हैदराबादविरुद्ध शतकीय इनिङ्स खेलेका थिए । उनकै शतकको मद्दतमा मुम्बईले हैदराबादलाई सात विकेटले हरायो । हैदराबादले २० ओभरमा आठ विकेट गुमाएर एक सय ७३ रन बनाएको थियो । मुम्बईले १७.२ ओभरमा तीन विकेटको क्षतिमा जित निकाल्यो । सूर्यकुमार यादवले तिलक वर्मासँग चौथो विकेटका लागि एक सय ४३ रनको नटआउट साझेदारी गरेका थिए । 

सूर्यकुमारले मुम्बईका पूर्वकप्तान रोहित शर्माको शतक संख्या बराबरी गरेका छन् । रोहितले दुई सय ५४ आइपिएल खेलमा दुई शतक लगाएका छन् । चालू सिजनमा पनि रोहितले एक शतकीय इनिङ्स खेलेका छन् । सूर्यकुमारले रोहितको बराबरी गर्न एक सय ४७ इनिङ्स खेले । मुम्बईका लागि पूर्वकप्तान सचिन तेन्दुलकरले ७८ खेलमा शतक लगाएका छन् । यसैगरी, सनथ जयसूर्या र लेन्डल सिमन्सले समान एक शतकीय इनिङ्स खेलेका छन् । भारतका लागि टी–२० फम्र्याटमा धेरै शतकीय इनिङ्स खेल्ने खेलाडीमा रोयल्स च्यालेन्जर्स बेंग्लोरका विराट कोहली हुन् । उनले अहिलेसम्म नौ शतक खेलेका छन् । 

मुम्बईका रोहितले आठ शतकका साथ दोस्रो स्थान कब्जा जमाएका छन् । चेन्नई सुपर किंग्सका रितुराज गायकवाडल, लोकेश राहुल तथा सूर्यकुमार यादवले समान ६ शतक बनाएका छन् । हैदराबादविरुद्धको सूर्यकुमार र तिलकबीचको साझेदारी मुम्बईका लागि चौथो विकेटका लागि अहिलेसम्मकै सर्वाधिक हो । सन् २०१५ मा कोरी एन्डसन र रोहितले कोलकाता नाइट राइडर्सविरुद्ध एक सय ३१ रनको साझेदारी गरेका थिए । यसैगरी, सन् २०१२ मा किरन पोलार्ड र अम्बाती राइडूले बेंग्लोरविरुद्धको खेलमा एक सय २२ रन जोडेका थिए । 

ad
ad