१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
तस्बिर : राेयटर्स
रासस नैरोबी
२o८१ बैशाख २१ शुक्रबार १७:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

Read Time : < 1 मिनेट
रासस, नैरोबी
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:१८:oo

उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। अन्तर्राष्ट्रिय समुदायले प्रतिद्वन्द्वी क्षेत्रहरूमा लडाकु संलग्न हिंसाप्रति चिन्ता व्यक्त गरेका छन्। 

‘अप्रिल १३-१४ पछि टाइग्रे र छिमेकी अमहाराले दाबी गरेको अलामाता टाउन र राया अलामाता, जाटा र ओफलामा सशस्त्र झडपहरूबाट विस्थापित मानिसको संख्या ५० हजारभन्दा बढी भएको छ,’ स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रसंघले भनेको छ, ‘मानवीय अवस्था गम्भीर छ, हजारौँ महिला र बालबालिकालाई बाँच्नका लागि व्यापक मानवीय सहायताको आवश्यकता छ।’

इथियोपियाको सरकार र क्षेत्रीय टाइग्रेयन अधिकारीहरूबीच दुई वर्षको युद्धमा अमहारा बलले दक्षिणी टाइग्रेमा राया अलमाता कब्जा गरेका छन्।

प्रधानमन्त्री अबी अहमदी सरकार र टाइग्रेयन अधिकारीहरूबीचको शान्ति सम्झौताअन्तर्गत संघर्षका क्रममा संघीय सेनालाई समर्थन गरेको अमहारा सेनाले सन् २०२२ नोभेम्बरमा प्रिटोरियामा सम्झौतामा हस्ताक्षरपछि राया अलमाताबाट फिर्ता हुनुपर्ने थियो।

संघीय सरकार र टिग्रेयन अधिकारीहरूले उत्तरी इथियोपियामा मिडियाको पहुँचमा कडा प्रतिबन्ध लगाएको हुनाले स्वतन्त्र अवस्थालाई प्रमाणित गर्न असम्भव छ। संयुक्त राज्य अमेरिका, जापान, बेलायत र फ्रान्सलगायत धेरै राष्ट्रका दूतावासहरूले शनिबार वार्ताको आह्वान गर्दै नागरिकको सुरक्षा गर्न आग्रह गरेका छन्।

युद्धको सुरुवाती समयमा अमहारा सेनाहरूले पश्चिमी टिग्रे कब्जा गरी नियन्त्रणमा लिँदा विवादित क्षेत्र दुवैले दाबी गरेका छन्। इथियोपियाको दोस्रो बढी जनसंख्या भएको क्षेत्र अमहारा सन् २०२३ अप्रिलदेखि द्वन्द्वग्रस्त छ भने संघीय सरकारको देशका क्षेत्रीय सेनाहरूलाई ध्वस्त पार्ने निर्णयले द्वन्द्व निम्त्याएको थियो। 

टिग्रे शान्ति सम्झौताबाट विश्वासघात भएको महसुस गरिसकेका अमहारा राष्ट्रवादीहरूले यो कदमले आफ्नो क्षेत्रलाई कमजोर पार्ने बताएका छन्।

ad
ad