१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
कतारलाई उपहार दिन लागिएको ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामका हात्ती चराउँदै माहुते ।
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ हात्तीलाई कतार पठाउन ढिलाइ हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:१३:oo

सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भए पनि लैजान ढिलाइ हुने भएको छ । सरकारले यसअघि कतारका राजा शेख तमिम विन हमद अल थानीको नेपाल भ्रमणका क्रममा ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्ती उपहार दिने तयारी गरेको थियो । कतार एयरलाइन्सको जहाजमार्फत उनीहरूलाई लग्ने गरी तयारी पनि गरिएको थियो ।

तर, संकटापन्न सूचीकृत वन्यजन्तुको आयात–निर्यातका लागि स्विट्जरल्यान्डमा रहेको साइटिस सचिवालयबाट अनुमति प्राप्त नभएकाले उपहार लैजाने प्रक्रिया लम्बिने भएको हो । 

वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपक खरालले आयात–निर्यातका लागि अनुमतिका लागि साइटिसको वैज्ञानिक निकायले ओसार–पसार गर्दा प्रजातिको जीवनका लागि नकारात्मक नहुने, आयात गर्ने देशको व्यवस्थापन निकाय पनि वन्यजन्तु (हात्ती)को व्यावसायिक उद्देश्यले प्रयोग नहुने र वन्यजन्तु (हात्ती)लाई नकारात्मक असर नगर्ने सिफारिस गरेपछि मात्र अनुमति प्राप्त हुनेछ ।

‘हात्ती उपहार दिने कुरा पहिलेकै हो । उच्चस्तरीय भ्रमणका क्रममा सैद्धान्तिक सहमति हुन्छ । तर, लैजाने प्रक्रियाका लागि साइटिसको अनुमति कुर्नुपर्ने हुन्छ,’ उनले भने ।

वन मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाका अनुसार नेपालले कतारलाई हात्ती उपहार दिन साइटिस सचिवालयसँग अनुमति माग गरिसकेको छ । तर, जवाफ आएको छैन । ‘हामीले त हात्ती कतार पठाउने गरी तयारी गरेका थियौँ । तर, अब ढिलो हुने भयो,’ उनले भने ।

नेपाल संकटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस)को  पक्ष हो । एसियाली हात्ती, साइटिस महासन्धिमा सूीचकृत रहेकाले व्यावसायिक उद्देश्यले आयात–निर्यात गर्न पाइँदैन ।

तर, उपहारका लागि पनि अनुमति लिनुपर्छ । साइटिसको कार्यान्वयनका लागि सरकारले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ कार्यान्वयनमा छ ।
 

ad
ad