१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

धादिङमा औषधि केमिकल बोकेको ट्रकमा आगलागी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:o३:oo

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका– ६ बन्छेटारमा ट्रकमा आगलागी भएको छ। भैरहवाको सुनौलीबाट औषधि बनाउने केमिकल बोकेर काठमाडौंतर्फ आउँदै गरेको ना.४ख ८६१७ नम्बरको ट्रकमा एक्कासि आगलागी भएको हो।

केमिकलहरू एक–आपसमा ठोक्किएर आगो सल्किएको हुन सक्ने चालक सुशील विकले बताए । गुड्दागुड्दै एक्कासि सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन । राजमार्गमा दुवैतर्फी सवारी रोकिएको छ ।

धुनीबेँसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थल आइपुगेका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए।

ad
ad