१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

 ‘रित्तो गाउँ’लाई उत्कृष्ट सर्ट फिल्म जुरी मेन्सन अवार्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:४७:oo

डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ले उत्कृष्ट सर्ट फिल्म जुरी मेन्सन अवार्ड जितेको छ । शनिबार रामेछापमा सम्पन्न तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा सोही सर्ट फिल्मले जुरी मेन्सन अवार्ड जितेको  हाे । त्रिभुवन विश्वविद्यालय र आनन्दराज प्रोडक्सनले संयुक्त रूपमा गरेको रिसर्चमा निर्माण भएको ‘रित्तो गाउँ’का लेखक तथा निर्देशक रामजी ज्ञवाली हुन् ।

कलरिस्ट राजेन्द्र मोक्तानले रित्तो गाउँको प्रतिनिधित्व गरेर अवार्ड उचाले । अवार्ड कार्यक्रममा जुरी प्रमुख दयाराम दाहालले यस फिल्म र निर्देशक रामजी ज्ञवालीको खुलेरै प्रशंसा गरे । समसामयिक देशको परिस्थितिमा निर्माण भएको यस फिल्मले जुरीहरूको मात्रै होइन, उपस्थित दुई हजार दर्शकको समेत मन जित्यो ।

महोत्सवका क्रममा रित्तो गाउँको दोस्रो भाग मात्रै देखाइएको थियो । पूर्ण फिल्म भने काठमाडौंमा आगामी वैशाख १४ गते हुने विशेष शोमार्फत देखाउने निर्माण टिमको तयारी छ ।

निर्देशक ज्ञवालीले यसअघि डार्कमुन, आराध्या, हनिमुनलगायत म्युजिक भिडियो निर्माण गरिसकेका छन् ।

ad
ad