अनर नेपालले ‘अनर म्याजिक भी–२’ फोन सार्वजनिक गरेको छ । नेपालका लागि अधिकारिक विक्रेता, सेलट्रोन नेपाल प्रालिले यो पातलो फोल्डेबल फोन नेपाल ल्याउन पहल गरेको बताइएको छ ।
दुई सय ३१ ग्राम तौल भएको र फोल्ड गर्दा ९.९ एमएम मोटाइ भएको यो फोन अहिलेसम्मकै सबैभन्दा पातलो र हलुका फोल्डेबल फोन भएको कम्पनीको दाबी छ । सुपर लाइट टाइटेनियम हिन्ज फिचर भएको उक्त फोनमा १० वर्षसम्म दिनको सयपटक फोल्ड गर्दा पनि केही नहुने कम्पनीले दाबी गरेको छ ।
पातलो डुअल सिलिकन कार्बन ब्याट्री मात्र २.७२ एमएमको औसत मोटाइका साथ डेब्यु गर्ने र पाँच हजार एमएएचको ब्याट्री क्षमता रहेको छ । यसले फोन बारम्बार चार्ज गर्नुपर्ने झन्झटबाट मुक्ति दिने कम्पनीले जनाएको छ ।
अनर म्याजिक भी–२ पर्पल र ब्ल्याक गरी दुई रङमा उपलब्ध रहेको बताइएको छ । यसको बजारमूल्य १६/५१२ जिबीको भेरियन्टका लागि दुई लाख ३९ हजार ९९ रुपैयाँ तोकिएको छ । आकर्षक अफरहरू र उपहारसहित देशभरि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।