१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंकको स्मार्ट बचत खातामा १७ सुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:o४:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १७ वर्ष पूरा गरी १८औँ वर्षमा प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सवको अवसरमा सातवटै प्रदेशमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको जनाएको छ । यसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखीकरण हुने अपेक्षा बैंकले लिएको छ । साथै, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सातवटै प्रदेशका कुल २५ शाखाबाट रक्तदान कार्यक्रमसमेत गरेको बताइएको छ । त्यस्तै, वीरगन्ज शाखा र बुटवल शाखाले निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेका छन् । 

त्यसैगरी, बैंकले ‘सिटिजन्स स्मार्ट बचत खाता’लाई १७ थरी आकर्षक सुविधा थप गरी ग्राहकमाझ ल्याएको जनाएको छ । योजनाअन्तर्गत खाता खोल्दा ग्राहकले १७ प्रकारका सुविधा निश्चित समयका लागि प्राप्त गर्ने बैंकले जनाएको छ । 

सिटिजन्स बैंकले बचतसम्बन्धी विषयलाई ध्यानमा राख्दै वित्तीय साक्षरतासम्बन्धी एक भिडियो सामग्रीसमेत आफ्नो १७औँ वार्षिकोत्सवको दिन सार्वजनिक गरेको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै यसै दिनदेखि बैंकले आफ्ना थप ६ वटा शाखाबाट ‘प्रिभिलेज काउन्टर’को समेत सुरुवात गरको छ । काठमाडौं उपत्यकाभित्र कुमारीपाटी, बौद्ध, कोटेश्वर र न्युरोड शाखामा र उपत्यकाबाहिर बुटवल र हस्पिटललाइन शाखामा वैशाख ७ गतेबाट प्रिभिलेज काउन्टर सुचारु गरेको बैंकले जनाएको छ । 

वार्षिकोत्सवकै अवसरमा ९ देखि १५ वैशाखसम्म बैंककोे मुख्य प्रायोजनमा १०औँ ‘सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता’समेत हुँदै छ । सातवटै प्रदेशका शाखामार्फत चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कुल निक्षेप करिब एक खर्ब ८४ अर्ब, कर्जा एक खर्ब ५६ अर्ब रुपैयाँ रहेको र करिब एक अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।

ad
ad