अमेरिकी फर्निचर ब्रान्ड एसले फर्निचरले काठमाडौंको टेकुबाट औपचारिक सेवा सुरु गरेको छ । विश्वका ६६ राष्ट्रमा फैलिएको यो ब्रान्डलाई नेपालमा आधिकारिक विक्रेताका रूपमा एनएन जोशी एन्ड सन्ड कम्पनी प्रालिले भित्र्याएको हो । कम्पनीले दुई दशकदेखि विश्वप्रसिद्ध फर्निचर ब्रान्डलाई नेपाली ग्राहकमाझ बिक्री–वितरण गर्दै आएको जनाएको छ ।
एसले ब्रान्डले नवीनता, गुणस्तरीयता र ग्राहक सन्तुष्टिमा अगाडि रहेको कम्पनीको दाबी छ । एसले फर्निचरले डिजाइनमा विविधता र अकल्पनीय उत्पादनसहित नेपालमा नयाँ युगको सुरुवात गर्ने कम्पनीले जनाएको छ ।