१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o९:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नबिलमै ३७ वर्ष बिताएका बैंकर रेग्मी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:२६:oo

 एउटै बैंकमा निरन्तर ३७ वर्ष बिताएर नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले शुक्रबार अवकाश पाएका छन् । सहायक तहको कर्मचारीबाट बैंकिङ करिअरमा प्रवेश गरेका रेग्मीले यस अवधिमा जिसी श्रीवास्तवदेखि ज्ञानेन्द्र ढुंगानासम्म १३ जना प्रमुख कार्यकारी अधिकृत (सिइओ)सँग काम गर्ने मौका पाएको बताए ।

४०औँ वर्षमा प्रवेश गरेको नबिल बैंकमा आफ्नो जीवन बिताएका उनले बैंकिङ क्षेत्रका धेरै उत्तारचढावलाई नजिकबाट नियाल्ले मौका पाएका छन् । यसबीचमा उनलाई अन्य बैंकबाट धेरै आकर्षक प्रस्ताव नआएको पनि होइन, तर नबिल बैंकको आकर्षण छुट्टै रहेकाले छाड्न नसकेको उनको भनाइ छ । उनी भन्छन्, ‘यसबीचमा धेरै राम्रा काम गर्ने अवसर नआएका होइनन्, तर खै किन–किन मलाई नबिल बैंक छाड्न मनै लागेन, एउटा प्यासनजस्तै भयो ।’ 

नबिलका चारवटा कुरा ब्रान्ड भ्यालु, बैंकमा काम गर्दाको आत्मसन्तुष्टि, वृत्ति विकास र राम्रो आम्दानीले अन्य बैंकले तान्न नसकेको उनको भनाइ छ । नबिलमा प्रवेश गर्दा उनले प्राविधिक क्षेत्रमा काम गर्ने अवसर पाए । त्यतिवेला अन्य बैंकहरूले कागजी प्रक्रियाबाट काम गरिरहँदा नबिलले कम्प्युटर प्रणालीबाट कारोबार सुरु गरेको थियो । उनी भन्छन्, ‘हामीले कम्प्युटर प्रणालीबाट सुरु मात्र गरेनौँ, ग्राहकले बैंक खोज्ने होइन कि बैंकले ग्राहक खोज्नुपर्छ भन्ने अवधारणा विकास गर्‍यौँ । सोही कारण बैंकलाई आजको यो ब्रान्ड भ्यालुसम्म ल्याउन सम्भव भयो ।’

सरकारी बैंकको मात्र एकछत्र राज चलिरहेको समयमा नबिलले प्राविधिक क्षेत्रमा फड्को नै मारेको उनको दाबी छ । उनी भन्छन्, ‘हामीले पहिलोपटक क्रेडिट कार्डको सुरुवात गर्‍यौँ । त्यस्तै, हामीले नै मोबाइल बैंकिङको सुरुवात गरेर पहिलो नम्बरमा उभियौँ ।’

हिजो कम्प्युटर युगको सुरुवात गरेर अहिले हामी डिजिटलाइजेसनको अवस्थामा पुगेका छाैँ । जुन बैंकले प्रविधिमार्फत ग्राहकलाई सहजीकरण गर्न सक्छ, ग्राहक त्यतै आकर्षित हुन्छन् । त्यसैले पुरानो ढर्राबाट नभई केही नयाँ प्रडक्ट आवश्यक छ भन्ने बुझ्न जरुरी रहेको उनको भनाइ छ ।  

उनी भन्छन्, ‘यसबीचमा बैंकिङ क्षेत्रमा कालो धनलाई आउन नदिने गरी काम गर्‍यौँं, त्यसभन्दा अघि ग्राहकले गरेको कारोबारमा सुपरिवेक्षण गर्ने हुँदैनथ्यो, यसको सुरुवात पनि हामीले गर्‍यौँ ।’ 

ad
ad