मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ बैशाख ७ शुक्रबार
  • Friday, 14 August, 2026
२o८१ बैशाख ७ शुक्रबार o६:२६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बाटोमा हराएको १७ लाख सम्बन्धित धनीलाई बुझाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ७ शुक्रबार o६:२६:oo

बाटोमा हराएको १७ लाख रुपैयाँ फेला पारी प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । बिहीबार दिउँसो साढे १ बजे पोखरा महानगरपालिका– ८ पृथ्वीचोकस्थित माताश्री ज्वेलर्सबाट एक कालिगढले बैंकमा जम्मा गर्न लगेको १७ लाख हराएपछि प्रहरीले फेला पारी सम्बन्धित धनीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

ज्वेलर्समा काम गर्ने ४३ वर्षका मनोहर पवँरले पोखरा– ९ नयाँबजारस्थित कृषि विकास बैंकमा जम्मा गर्न भनी मोटरसाइकलको लेगार्डमा कालो रङको झोलाभित्र पैसा राखी लैजाँदै गर्दा बाटोमा हराएको थियो ।

१७ लाख रुपैयाँ हराएको भन्ने सूचना पाएसँगै जिल्ला प्रहरी कार्यालय कास्कीबाट शर्माको कमान्डमा र मातहत प्रहरी कार्यालयबाट टोली खटिएको थियो । प्रहरी टोलीले खोजतलास गर्दै जाँदा भारत घर भई हाल पोखरा– ३ पालिखे चोक बस्ने वर्ष ६५ का छोटुलाल शर्माले फेला पारेको सूचना पाएको थियो ।

त्यसैलाई पट्याएर गएको प्रहरी टोलीले सो रकम छोटुलालको रोहवरमा ज्वेलर्सका सञ्चालक उद्धवकुमार सुनारलाई बुझाएको प्रहरीले जनाएको छ ।