१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार ११:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लुम्बिनीमा टुंगियो भागबन्डा, आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:२९:oo

लुम्बिनी प्रदेश सरकार आज विस्तार गर्ने तयारी गरिएको छ । आज एमालेका चार मन्त्री थप गर्ने निर्णय भएको हो । यसअघि एमालेबाट अर्घाखाँचीका  चेतनारायण आचार्य मन्त्री भएका थिए । आज रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका  दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी, बाँकेका रत्नबहादुर खत्रीलाई थप गर्ने तयारी भएको छ । तर, उनीहरूको मन्त्रालय भने टुंगो लागेको छ । आज शपथ ग्रहण गर्ने र मन्त्रालय पछि टुंग्याउने गरी सहमति भएको एमालेका सांसद भूमिश्वर ढकालले बताए ।

माओवादी केन्द्रले थप एउटा मन्त्री पाउने गरी सत्तापक्ष दलमा सहमति भएको पार्टीका प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालले बताए । तर, आज एमालेका मन्त्रीहरूले मात्रै शपथ लिने गरी सहमति भएको छ । लुम्बिनीमा माओवादी केन्द्रबाट रोल्पाका जोखबहादुर महरा मुख्यमन्त्री छन् भने रोल्पाकै दीपेन्द्रकुमार पुन मन्त्री छन् ।

लुम्बिनीमा १० वटा मन्त्रालय रहे पनि साना दलहरूको माग धेरै आएकाले सहमति हुन नसकेको अध्यक्ष बरारले बताए  उनका अनुसार जसपाले थप एउटा मन्त्री माग गरेको छ । जसपाबाट यस अघि भण्डारीलाल अहिर मन्त्री भएका छन् । त्यस्तै, नागरिक उन्मुक्तिले दुईवटा, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतले एउटा र एकीकृत समाजवादीले एउटा मन्त्री माग गरेको छ ।

मागअनुसार मन्त्री दिँदा मन्त्रालयको संख्या टुक्य्राएर १३ पुर्‍याउनुपर्छ । तर, गठबन्धनले मन्त्रालयको संख्या १० मै सीमित राख्ने सहमति गरेकाले थप गर्न नहुने अध्यक्ष बरालको भनाइ छ । 

 

ad
ad