१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
सुशील भट्ट
२o८१ बैशाख १८ मंगलबार १२:३८:oo
Read Time : > 8 मिनेट
ad
ad
१७औँ वार्षिकोत्सव विशेषांक डिजिटल संस्करण

लगानीको गन्तव्य बनाउने अठोट

१७औँ वार्षिकोत्सव विशेषांक

Read Time : > 8 मिनेट
सुशील भट्ट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:३८:oo

देशमा स्वदेशी तथा विदेशी निजी क्षेत्र र नेपाली डायस्पोराको लगानी आकर्षणमार्फत मुलुकभित्र पूर्वाधार विकास, उत्पादन र रोजगारी बढाउन सरकारले राष्ट्रिय कार्यक्रमका रूपमा लगानी सम्मेलनलाई अंगीकार गरेको छ। 

लगानी बोर्डको स्थापनायता यसअघि ०७३ र ०७५ मा दुईवटा लगानी सम्मेलन सम्पन्न भइसकेका छन्। विश्वमा धेरै मुलुकले विदेशी लगानी भित्र्याउन प्रतिस्पर्धा गरिरहेका छन्। यसमा हामी पनि प्रतिस्पर्धी ढंगले दौडनुपर्छ भन्ने महसुस गरेर नै लगानी प्रवर्द्धनका लागि राष्ट्रियस्तरको कार्यक्रम आयोजना गर्न लागेका हौँ। लगानी सम्मेलन हुनेबित्तिकै लगानी आउने हो र भन्ने कतिपयको जिज्ञासा/शंका पनि रहने गरेका छन्। राष्ट्रियस्तरको कार्यक्रम भएकाले यसबाट निजी लगानीलाई आवश्यक सहजीकरण तथा संरक्षणका लागि राष्ट्रकै प्रतिबद्धता झल्कन्छ।

विदेशी लगानी प्रवर्द्धनका लागि सरकारका दुई निकाय लगानी बोर्ड र उद्योग विभाग क्रियाशील छन् । ६ अर्ब रुपैयाँभन्दा माथिका तथा २०० मेगावाट र सोमाथिका ऊर्जा परियोजनामा लगानी बोर्डमार्फत लगानी स्वीकृत हुँदै आएको छ भने सोभन्दा तलका लगानी उद्योग विभागमार्फत स्वीकृत हुँदै आएको छ। 

सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ ले लगानी बोर्डको कार्यालयलाई लगानी प्रवद्र्धन निकाय र राष्ट्रिय सार्वजनिक–निजी साझेदारी निकायका रूपमा कार्य गर्ने म्यान्डेट प्रदान गरेको छ। लगानी प्रवद्र्धन निकायका रूपमा लगानी बोर्डले स्वदेश तथा विदेशमा लगानीकर्ता भेटघाट, परियोजना रोड सो, मार्केट साउन्डिङ, इन्भेस्टमेन्ट मार्ट, सभा, सम्मेलन, गोष्ठी आदि आयोजना गर्दै आएको छ। लगानी सम्मेलनचाहिँ राष्ट्रियस्तरमा गरिने लगानी प्रवर्द्धनसम्बन्धी ‘फ्ल्यागसिप इभेन्ट’ हो। 

१६ र १७ वैशाखमा हुने लगानी सम्मेलनमा १० सत्र, ५० भन्दा धेरै वक्ता, हजारभन्दा धेरै स्वदेशी–विदेशी प्रतिनिधि सहभागी हुनेछन्। सम्मेलनमा विभिन्न कन्क्लेभ, बी टु बी तथा जी टु बी मिटिङ, नीतिगत छलफल, परियोजना सोकेसिङ, लगानीसम्बन्धी समझदारी र सम्झौता तथा नेटवर्किङ मिटिङ हुनेछन्।

लगानीको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सरकारले विश्वभरका लगानीकर्तासामु प्रतिबद्धता गर्ने साथै लगानीकर्ताले नेपालमा लगानीका अवसर पहिल्याउने, स्वदेशी निजी क्षेत्रसँग साझेदारी गर्ने, परियोजनाका ऋणदातासँग परामर्श गर्ने, आवश्यक सहजीकरणका लागि नीति निर्मातासँग छलफल गरी प्रतिबद्धता लिने, लगानीसम्बन्धी प्रक्रियाबारे जानकारी लिने यो उपयुक्त अवसर हो । लगानी सम्मेलनले एकै स्थलमा नीति निर्माता, विकास साझेदार, लगानीकर्ता, स्वदेशी निजी क्षेत्र, ऋणदाता– विकास वित्तप्रदायक, बैंक तथा वित्तीय संस्थाहरू–विज्ञ तथा थिंकट्यांकलगायतलाई जुटाउँछ। सोकेस गरिएका परियोजना, क्षेत्रगत लगानीका सम्भावना पहिल्याउन लगानीकर्ताका लागि विगतका लगानी सम्मेलन सार्थक भएका छन्। 

लगानी सहजीकरणका लागि लगानीको वातावरण सुधार भनेको निरन्तरको प्रक्रिया हो। लगानी सम्मेलनकै तयारीस्वरूप अहिले दर्जन कानुनमा संशोधन गरी लगानीको वातावरण सुधार गर्न पहल गरिएको छ । लगानी सम्मेलनका दौरान विभिन्न क्षेत्रका एक सय ३४ परियोजना सोकेस एवं मार्केट साउन्डिङ गर्ने, सोलिसिटेसन (प्रोजेक्ट प्रोक्योरमेन्टको एक विधि)मा लैजान लागिएको छ। यसमा प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रले सिफारिस गरेका परियोजनासमेत समावेश छन्। 

वैशाख १६ र १७ मा दुई दिनका लागि लगानी सम्मेलन तय भएको छ । यसमा १० सत्र, ५० भन्दा धेरै वक्ता, हजारभन्दा धेरै स्वदेशी–विदेशी प्रतिनिधि सहभागी हुनेछन्। लगानी सम्मेलनमा विभिन्न कन्क्लेभ, बी टु बी तथा जी टु बी मिटिङ, विभिन्न नीतिगत छलफल, परियोजना सोकेसिङ, लगानीसम्बन्धी समझदारी र सम्झौता तथा नेटवर्किङ मिटिङ हुनेछन्। लगानीकर्ताका अनुभव, अन्य देशमा सार्वजनिक–निजी साझेदारीका परियोजना कार्यान्वयनको अनुभव, विकास साझेदारको दृष्टिकोण, सार्वजनिक–निजी साझेदारी र लगानीका विहंगम सवालमा ज्ञान हासिल गर्न पनि सम्मेलन महत्वपूर्ण अवसर हो।

यसभन्दा महत्वपूर्ण रोजाइको लगानी गन्तव्यका रूपमा मुलुकको प्रवद्र्धन, लगानीका अवसर र परियोजनाको प्रवद्र्धन अनि हाम्रा संस्थाहरू साथै हामीले हासिल गरेका उपलब्धिलाई पनि प्रवद्र्धन गर्ने अवसर हो। 

लगानी सम्मेलनमा सहभागिताका लागि अत्यन्त उत्साह विदेशी लगानीकर्ता र नेपाली डायस्पोराबाट प्राप्त भएको छ । लगानी सम्मेलनको पूर्वसन्ध्यामा भारत, चीन, बंगलादेशलगायत देशहरूमा उपस्थित भएर र कतिपय देशमा भर्चुअल माध्यमबाट, नेपाली दूतावास तथा महावाणिज्य दूतावाससँगको सहकार्यमा लगानीकर्तासँग अन्तक्र्रिया र छलफल भएका छन्। नेपाली कूटनीतिक नियोगहरूले निकै गहन तयारी गरेका छन् र परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा लगानी बोर्डसँग निरन्तर समन्वयमा काम गरिरहेका छन्। 

लगानी सम्मेलनमा नेपालले परियोजनाका साथै ऊर्जा, सञ्चार प्रविधि, पर्यटन, कृषि प्रशोधन, म्यानुफ्याक्चरिङ, स्वास्थ्य, शिक्षा, यातायात, खानी तथा खनिज र उत्थानशील सहरी विकासका क्षेत्रमा लगानीका अवसर समेटिएको हरेक क्षेत्रको क्षेत्रगत प्रोफाइलहरू प्रस्तुत गर्दै छ। 

लगानी सम्मेलनले नेपाललाई लगानी गन्तव्यका रूपमा विश्व समुदायमाझ उभ्याउन अत्यन्त सार्थक काम गरेको छ । प्रधानमन्त्रीले लगानी सम्मेलनका लागि आवश्यक मार्गदर्शन प्रदान गर्नुका साथै विद्यमान विदेशी लगानीकर्ता, सम्भावित लगानीकर्ता, नेपालस्थित कूटनीतिक समुदाय तथा विकास साझेदारहरूलाई सम्भावित लगानीकर्ताहरूलाई नेपालले गरेका प्रयासहरूको सन्देश प्रवाहित गरी नेपाललाई उत्कृष्ट लगानी गन्तव्यका रूपमा विश्व समुदायमाझ उपस्थित गराउने नेपाल सरकारको पहलमा सहयोग गर्न आह्वान गरिसक्नुभएको छ।

पक्कै पनि लगानी सम्मेलनको सफलता परियोजनामा प्राप्त हुने लगानी प्रतिबद्धता र त्यसको प्राप्तिमा निर्भर गर्दछ । लगानी प्रतिबद्धतादेखि प्राप्तिसम्म ताकेताका लागि धेरै काम गर्नुपर्छ र त्यसमा निरन्तर लागिरहनुपर्छ। अन्तरनिकाय समन्वय प्रभावकारी बनाउनुपर्छ। लगानीकर्ताका चासो र सरोकार तुरुन्त सम्बोधन गर्नुपर्छ। नेपालले लगानी प्रतिबद्धतालाई प्राप्तिमा बदलेको छ। प्राप्ति बढाउनका लागि विगतका हाम्रा अनुभवका आधारमा परिष्कृत अभ्यासहरू गरिँदै अगाडि बढिएको छ। अहिले लगानी बोर्डले पाँच खर्ब २५ अर्बका परियोजना कार्यान्वयन गरिरहेको छ। १३ खर्ब ५० अर्ब रुपैयाँहाराहारीको लगानी स्वीकृत भएकोमा नौ खर्ब १५ अर्ब रुपैयाँबराबरका परियोजना कार्यान्वयन ढाँचामा आबद्धित भएका छन्।

करिब एक खर्ब ३८ अर्ब रुपैयाँबराबरको वैदेशिक लगानी प्राप्ति (रियलाइजेसन) नै भइसकेको छ। परियोजना कार्यान्वयन अवधि र सञ्चालन चरणमा प्रवेश गर्दासम्म प्रतिबद्धताअनुसारको लगानी नेपालले प्राप्त गर्नेछ। यसका लागि हामीले प्रभावकारी अन्तरनिकाय समन्वय र प्रभावकारी सहजीकरणमार्फत परियोजना कार्यान्वयनलाई तीव्रता दिनुपर्छ।

लगानीको गन्तव्य बनाउने अठोट

देशमा स्वदेशी तथा विदेशी निजी क्षेत्र र नेपाली डायस्पोराको लगानी आकर्षणमार्फत मुलुकभित्र पूर्वाधार विकास, उत्पादन र रोजगारी बढाउन सरकारले राष्ट्रिय कार्यक्रमका रूपमा लगानी सम्मेलनलाई अंगीकार गरेको छ। 

लगानी बोर्डको स्थापनायता यसअघि ०७३ र ०७५ मा दुईवटा लगानी सम्मेलन सम्पन्न भइसकेका छन्। विश्वमा धेरै मुलुकले विदेशी लगानी भित्र्याउन प्रतिस्पर्धा गरिरहेका छन्। यसमा हामी पनि प्रतिस्पर्धी ढंगले दौडनुपर्छ भन्ने महसुस गरेर नै लगानी प्रवर्द्धनका लागि राष्ट्रियस्तरको कार्यक्रम आयोजना गर्न लागेका हौँ। लगानी सम्मेलन हुनेबित्तिकै लगानी आउने हो र भन्ने कतिपयको जिज्ञासा/शंका पनि रहने गरेका छन्। राष्ट्रियस्तरको कार्यक्रम भएकाले यसबाट निजी लगानीलाई आवश्यक सहजीकरण तथा संरक्षणका लागि राष्ट्रकै प्रतिबद्धता झल्कन्छ।

विदेशी लगानी प्रवर्द्धनका लागि सरकारका दुई निकाय लगानी बोर्ड र उद्योग विभाग क्रियाशील छन् । ६ अर्ब रुपैयाँभन्दा माथिका तथा २०० मेगावाट र सोमाथिका ऊर्जा परियोजनामा लगानी बोर्डमार्फत लगानी स्वीकृत हुँदै आएको छ भने सोभन्दा तलका लगानी उद्योग विभागमार्फत स्वीकृत हुँदै आएको छ। 

सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ ले लगानी बोर्डको कार्यालयलाई लगानी प्रवद्र्धन निकाय र राष्ट्रिय सार्वजनिक–निजी साझेदारी निकायका रूपमा कार्य गर्ने म्यान्डेट प्रदान गरेको छ। लगानी प्रवद्र्धन निकायका रूपमा लगानी बोर्डले स्वदेश तथा विदेशमा लगानीकर्ता भेटघाट, परियोजना रोड सो, मार्केट साउन्डिङ, इन्भेस्टमेन्ट मार्ट, सभा, सम्मेलन, गोष्ठी आदि आयोजना गर्दै आएको छ। लगानी सम्मेलनचाहिँ राष्ट्रियस्तरमा गरिने लगानी प्रवर्द्धनसम्बन्धी ‘फ्ल्यागसिप इभेन्ट’ हो। 

लगानीको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सरकारले विश्वभरका लगानीकर्तासामु प्रतिबद्धता गर्ने साथै लगानीकर्ताले नेपालमा लगानीका अवसर पहिल्याउने, स्वदेशी निजी क्षेत्रसँग साझेदारी गर्ने, परियोजनाका ऋणदातासँग परामर्श गर्ने, आवश्यक सहजीकरणका लागि नीति निर्मातासँग छलफल गरी प्रतिबद्धता लिने, लगानीसम्बन्धी प्रक्रियाबारे जानकारी लिने यो उपयुक्त अवसर हो । लगानी सम्मेलनले एकै स्थलमा नीति निर्माता, विकास साझेदार, लगानीकर्ता, स्वदेशी निजी क्षेत्र, ऋणदाता– विकास वित्तप्रदायक, बैंक तथा वित्तीय संस्थाहरू–विज्ञ तथा थिंकट्यांकलगायतलाई जुटाउँछ। सोकेस गरिएका परियोजना, क्षेत्रगत लगानीका सम्भावना पहिल्याउन लगानीकर्ताका लागि विगतका लगानी सम्मेलन सार्थक भएका छन्। 

लगानी सहजीकरणका लागि लगानीको वातावरण सुधार भनेको निरन्तरको प्रक्रिया हो। लगानी सम्मेलनकै तयारीस्वरूप अहिले दर्जन कानुनमा संशोधन गरी लगानीको वातावरण सुधार गर्न पहल गरिएको छ । लगानी सम्मेलनका दौरान विभिन्न क्षेत्रका एक सय ३४ परियोजना सोकेस एवं मार्केट साउन्डिङ गर्ने, सोलिसिटेसन (प्रोजेक्ट प्रोक्योरमेन्टको एक विधि)मा लैजान लागिएको छ। यसमा प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रले सिफारिस गरेका परियोजनासमेत समावेश छन्। 

वैशाख १६ र १७ मा दुई दिनका लागि लगानी सम्मेलन तय भएको छ । यसमा १० सत्र, ५० भन्दा धेरै वक्ता, हजारभन्दा धेरै स्वदेशी–विदेशी प्रतिनिधि सहभागी हुनेछन्। लगानी सम्मेलनमा विभिन्न कन्क्लेभ, बी टु बी तथा जी टु बी मिटिङ, विभिन्न नीतिगत छलफल, परियोजना सोकेसिङ, लगानीसम्बन्धी समझदारी र सम्झौता तथा नेटवर्किङ मिटिङ हुनेछन्। लगानीकर्ताका अनुभव, अन्य देशमा सार्वजनिक–निजी साझेदारीका परियोजना कार्यान्वयनको अनुभव, विकास साझेदारको दृष्टिकोण, सार्वजनिक–निजी साझेदारी र लगानीका विहंगम सवालमा ज्ञान हासिल गर्न पनि सम्मेलन महŒवपूर्ण अवसर हो।

यसभन्दा महत्वपूर्ण रोजाइको लगानी गन्तव्यका रूपमा मुलुकको प्रवद्र्धन, लगानीका अवसर र परियोजनाको प्रवद्र्धन अनि हाम्रा संस्थाहरू साथै हामीले हासिल गरेका उपलब्धिलाई पनि प्रवद्र्धन गर्ने अवसर हो। 

लगानी सम्मेलनमा सहभागिताका लागि अत्यन्त उत्साह विदेशी लगानीकर्ता र नेपाली डायस्पोराबाट प्राप्त भएको छ । लगानी सम्मेलनको पूर्वसन्ध्यामा भारत, चीन, बंगलादेशलगायत देशहरूमा उपस्थित भएर र कतिपय देशमा भर्चुअल माध्यमबाट, नेपाली दूतावास तथा महावाणिज्य दूतावाससँगको सहकार्यमा लगानीकर्तासँग अन्तक्र्रिया र छलफल भएका छन्। नेपाली कूटनीतिक नियोगहरूले निकै गहन तयारी गरेका छन् र परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा लगानी बोर्डसँग निरन्तर समन्वयमा काम गरिरहेका छन्। 

लगानी सम्मेलनमा नेपालले परियोजनाका साथै ऊर्जा, सञ्चार प्रविधि, पर्यटन, कृषि प्रशोधन, म्यानुफ्याक्चरिङ, स्वास्थ्य, शिक्षा, यातायात, खानी तथा खनिज र उत्थानशील सहरी विकासका क्षेत्रमा लगानीका अवसर समेटिएको हरेक क्षेत्रको क्षेत्रगत प्रोफाइलहरू प्रस्तुत गर्दै छ। 

लगानी सम्मेलनले नेपाललाई लगानी गन्तव्यका रूपमा विश्व समुदायमाझ उभ्याउन अत्यन्त सार्थक काम गरेको छ । प्रधानमन्त्रीले लगानी सम्मेलनका लागि आवश्यक मार्गदर्शन प्रदान गर्नुका साथै विद्यमान विदेशी लगानीकर्ता, सम्भावित लगानीकर्ता, नेपालस्थित कूटनीतिक समुदाय तथा विकास साझेदारहरूलाई सम्भावित लगानीकर्ताहरूलाई नेपालले गरेका प्रयासहरूको सन्देश प्रवाहित गरी नेपाललाई उत्कृष्ट लगानी गन्तव्यका रूपमा विश्व समुदायमाझ उपस्थित गराउने नेपाल सरकारको पहलमा सहयोग गर्न आह्वान गरिसक्नुभएको छ।

पक्कै पनि लगानी सम्मेलनको सफलता परियोजनामा प्राप्त हुने लगानी प्रतिबद्धता र त्यसको प्राप्तिमा निर्भर गर्दछ । लगानी प्रतिबद्धतादेखि प्राप्तिसम्म ताकेताका लागि धेरै काम गर्नुपर्छ र त्यसमा निरन्तर लागिरहनुपर्छ। अन्तरनिकाय समन्वय प्रभावकारी बनाउनुपर्छ। लगानीकर्ताका चासो र सरोकार तुरुन्त सम्बोधन गर्नुपर्छ। नेपालले लगानी प्रतिबद्धतालाई प्राप्तिमा बदलेको छ। प्राप्ति बढाउनका लागि विगतका हाम्रा अनुभवका आधारमा परिष्कृत अभ्यासहरू गरिँदै अगाडि बढिएको छ। अहिले लगानी बोर्डले पाँच खर्ब २५ अर्बका परियोजना कार्यान्वयन गरिरहेको छ। १३ खर्ब ५० अर्ब रुपैयाँहाराहारीको लगानी स्वीकृत भएकोमा नौ खर्ब १५ अर्ब रुपैयाँबराबरका परियोजना कार्यान्वयन ढाँचामा आबद्धित भएका छन्।

करिब एक खर्ब ३८ अर्ब रुपैयाँबराबरको वैदेशिक लगानी प्राप्ति (रियलाइजेसन) नै भइसकेको छ। परियोजना कार्यान्वयन अवधि र सञ्चालन चरणमा प्रवेश गर्दासम्म प्रतिबद्धताअनुसारको लगानी नेपालले प्राप्त गर्नेछ। यसका लागि हामीले प्रभावकारी अन्तरनिकाय समन्वय र प्रभावकारी सहजीकरणमार्फत परियोजना कार्यान्वयनलाई तीव्रता दिनुपर्छ।

लगानी सम्मेलनको तयारी

आर्थिक वर्ष ०८०/८१ को बजेटले तुलनात्मक लाभका क्षेत्रहरूमा वैदेशिक लगानी आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्ने घोषणा गरेको थियो। त्यसको कार्यान्वयनका लागि मन्त्रिपरिषद्को २३ कात्तिक ०८० को बैठकबाट सम्मेलन आयोजना गर्ने निर्णय गर्‍यो। र, प्रधानमन्त्रीको प्रत्यक्ष मार्गदर्शनमा कार्य गर्ने गरी अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा परियोजना तयारी र छनोटका लागि प्राविधिक समिति गठनको निर्णय भएको थियो।

त्यस्तै, कानुनी, संस्थागत एवं सरंचनागत पक्षमा सुधारका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवको संयोजकत्वमा कानुन सुधारसम्बन्धी कार्यदल र लगानी बोर्डमा सम्मेलनको सचिवालय रहने गरी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजनमा लगानी सम्मेलनको सचिवालय गठन भई आवश्यक कार्य सम्पन्न हुँदै आएको छ। सम्मेलनको सहआयोजक निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू (नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स)को उल्लेखित सबै संरचनामा प्रतिनिधित्व रहेको छ। मन्त्रिपरिषद्को २३ कात्तिकको निर्णयअनुसार लगानी सम्मेलन ०८१ वैशाख ८ र ९ गते आयोजना गर्ने भनिएको थियो, तर उक्त मितिमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालले सहभागिता जनाउनुपर्ने केही अन्य कार्यक्रम जुध्न गएकाले मन्त्रिपरिषद्को ०८० पुस १६ गतेको निर्णयअनुसार वैशाख १६ र १७ मा लगानी सम्मेलन आयोजना गर्ने मिति तय भएको हो।

लगानी सम्मेलन आइपुग्न लाग्दा तयारीका अधिकांश काम सम्पन्न भएका छन्। कानुन संशोधन, परियोजना तयारी, सम्मेलनका सहभागीलाई आमन्त्रण, सम्मेलनका मुख्य सत्र तथा समानान्तर सत्र र साइडलाइन इभेन्टहरूको तयारी र व्यवस्थापन, प्रवर्द्धनात्मक सामग्री र लगानीसम्बन्धी सन्दर्भ सामग्री (इन्भेस्टमेन्ट गाइड, क्षेत्रगत लगानीका अवसरसम्बन्धी सामग्रीलगायत) तयारी अन्तिम चरणमा छ। सम्मेलन स्थलमा गरिनुपर्ने आवश्यक काम र सम्मेलनका पाहुना व्यवस्थापनलगायत अथाह काम सम्मेलनका दौरान गर्नुपर्छ। त्यसको यथोचित व्यवस्थापनका लागि निर्देशक समिति र कार्यान्वयन समितिको मार्गदर्शनअनुरूप सचिवालयले काम गरिरहेको छ।

[प्रमुख कार्यकारी अधिकृत, लगानी बाेर्ड नेपाल] 

ad
ad