१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o८:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सर्वाेच्चको पेसीअघि नै विश्वासको मत लिने तयारीमा गण्डकीका मुख्यमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:५१:oo

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारीका साथ संसद्को विशेष अधिवेशन बोलाउन सिफारिस गरेका छन् । सरकार गठनको वैधानिकतामा प्रश्न उठाउँदै दायर रिटमा १० वैशाखमा पेसी रहेका वेला मुख्यमन्त्री अधिकारीले त्यसअघि नै विश्वासको मत लिने भएका हुन् ।

त्यही भएर मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको विशेष अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं मन्त्री हरिबहादुर चुमानका अनुसार विश्वासको मत लिने प्रयोजनका लागि विशेष अधिवेशन बोलाउँदा मत लिने दुई दिनअगावै प्रदेश सभा सचिवालयलाई जानकारी दिनुपर्ने भएकाले निर्णय गरेर पत्राचार गरिएको छ ।

पदमा बहाल रहेका सभामुखको गणना गर्दै एमाले संसदीय दलका नेता अधिकारीलाई २५ चैतमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरेपछि कांग्रेस संसदीय दलका नेतासमेत रहेका निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २७ चैतमा उत्प्रेषण, परमादेशलगायतको जो चाहिने उपयुक्त आज्ञा, आदेश पुर्जी जारी गरिपाऊँ भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

न्यायाधीश विनोद शर्माको २८ चैतको एकल इजलासले मुद्दाको निरूपणका लागि १० वैशाखका लागि पेसी तोक्नुका साथै निवेदनको टुंगो नलागेसम्म दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्न भनेको थियो ।

ad
ad