१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १o:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गैँडाको आक्रमणबाट एकजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:३o:oo

मकवानपुरको मनहरीमा गैँडाको आक्रमणबाट एकजना घाइते भएका छन्। सोमबार बिहान मनहरी गाउँपालिका– ७ का ३२ वर्षीय रमेश बाेटे गैँडाको आक्रमणबाट घाइते भएका हुन्।

मनहरी खोलास्थित आफ्नै खेतमा पानी लगाउन गएको अवस्थामा  बोटेलाई जंगली जनावर गैँडाले आक्रमण गरी घाइते बनाएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

बोटेलाई मनहरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको छ । प्रवक्ता भण्डारीका अनुसार गैँडाको आक्रमणबाट बोटेको ढाड र अनुहारमा  चोट लागेको छ ।

ad
ad