१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार ११:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

गरिमा विकास बैंकको डेबिट–क्रेडिट कार्डमा क्यासब्याक योजना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:o३:oo

नयाँ वर्ष ०८१ लाई लक्षित गरी गरिमा विकास बैंक लिमिटेडले डेबिट–क्रेडिट कार्डमा क्यासब्याक योजना ल्याएको छ । बैंकले कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट–क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१ प्रतिशत वा अधिकतम दुई सय रुपैयाँ नगद फिर्ता योजना ल्याएको हो ।

यस योजनाअन्तर्गत बैंकको डेबिट–क्रेडिट कार्ड प्रयोगकर्ताले नेपालभित्र पिओएस मेसिनमार्फत कारोबार गर्दा अधिकतम दुई सय रुपैयाँसम्म नगद फिर्ता पाउन सक्नेछन् । नगदरहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन गर्न यो योजना ल्याइएको बैंकले जनाएको छ । यो योजना १ देखि ३ वैशाखसम्म रहनेछ । 

साथै, बैंकले आफ्ना ग्राहकको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सेवा सुरुवात गरिसकेको पनि जनाएको छ । हाल बैंकले देशभर एक सय २३ शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर र ५१ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
 

ad
ad