१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सुन्तला राष्ट्रिय फल घोषणा

वार्षिक ३० अर्ब ६१ करोडको कारोबार सात लाखलाई प्रत्यक्ष रोजगारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:१८:oo

सरकारले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गरेको छ । सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शुक्रबारको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिएको जानकारी दिइन् ।

मुलुकभित्रको आन्तरिक उत्पादनलाई ब्रान्डिङ गर्ने उद्देश्यले राष्ट्रिय फल घोषणा गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । भारतले सन् १९५० मा आँपलाई राष्ट्रिय फलको रूपमा मान्यता दिएको थियो । त्यस्तै, कम्बोडियाले केरा, जापानले हलुवाबेद, बंगलादेशले कटहरलाई राष्ट्रिय फल घोषणा गरेको छ ।

नेपालले पनि स्वदेशी सुन्तलालाई ब्रान्डिङ गर्ने उद्देश्यले राष्ट्रिय फलको मान्यता दिएको राष्ट्रिय फलफूल विकास केन्द्रका प्रवक्ता सूर्यप्रसाद आचार्यले बताए । उनले भने, ‘नेपालमा सुुन्तालाको आफ्नै जात छ, कुनै मिश्रण छैन । रोजगारी, उत्पादन सबै क्षेत्रले उपयुक्त ठानिएको छ । अलि अगाडि नै सुन्तलालाई राष्ट्रिय फल घोषणा गरी उत्पादन वृद्धि र बजारीकरणको नीति लिइनुपर्ने थियो ।’

फलफूल विकास केन्द्रले चार वर्षअघि आव ०७६/७७ मा गरेको अध्ययनअनुसार २६ हजार पाँच सय ९१ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको पाइएको थियो । आव ०७९/८० मा गरिएको पछिल्लो अध्ययनले २७ हजार आठ सय ९२ हेक्टरमा सुन्तला खेती भइरहेको पाइएको छ । वार्षिक एक लाख ८५ हजार टन सुन्तला उत्पादन हुने गरेको केन्द्रको तथ्यांक छ । मधेश प्रदेशबाहेक सबैतिर सुन्तला खेती हुने गरेको छ ।

केन्द्रका अनुसार ४८ जिल्लामा एक हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक खेती हुने गरेको छ । त्यस्तै, सुन्तालको कुल कृषि गार्हस्थ्य उत्पादनमा ०.९६ प्रतिशत योगदान रहेको छ । केन्दको अध्ययनअनुसार नेपालमा सुन्तालबाट वार्षिक ३० अर्ब ६१ करोड रुपैयाँको कारोबार हुने गरेको छ भने वार्षिक सात लाखलाई प्रत्यक्ष रोजगारी सिर्जना भएको छ । सुन्तला बाली अन्न बालीभन्दा सात गुणा बढी लाभदायक रहेको आचार्यले बताए । 

सुन्तलाले वातावरण संरक्षणको क्षेत्रमा पनि महŒवपूर्ण भूमिका खेल्ने गरेको उनको भनाइ छ । सुन्तलाबाट कार्बन स्थिरीकरणमा योगदान पुर्‍याउने क्षमता शून्य दशमलव २४ देखि १.२२ मेट्रिकटन प्रतिहेक्टर रहेको छ । मुलुकमा उत्पादित सुन्तलाले भने माग धान्न सकेको छैन । जसकारण चालू आर्थिक वर्ष ०८०/८१ को फागुन मसान्तसम्म एक अर्ब १० करोड रुपैयाँबराबरको सुन्तला आयात भएको छ भने अघिल्लो आर्थिक वर्ष ०७९/८० मा ८८ करोड १६ लाख रुपैयाँबराबरको सुन्तला आयात भएको भन्सार विभागको तथ्यांक छ ।

ad
ad