१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
रमेश रावल सुर्खेत
२o८१ बैशाख १८ मंगलबार १७:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सहिदका सालिकमा माल्यार्पण गर्दै मुख्यमन्त्री कँडेलले सम्हाले जिम्मेवारी 

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १७:oo:oo

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश प्राप्तिका सहिदहरूलाई माल्यार्पण गरेर पदभार ग्रहण गरेका छन्। 

सहिद पार्कमा रहेको कर्णाली प्रदेश स्थापनाको आन्दोलनका क्रममा सहिद भएका सुर्खेतका टीकाराम गौतम, यामबहादुर बिसी, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुँवरको सालिकलाई माल्यार्पण गरेर पदभार ग्रहण गरेका हुन्। 

मुख्यमन्त्री कँडेलले प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि सीधै सहिद पार्कमा रहेको सहिदहरूको सालिकलाई माल्यार्पण गरेर मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा गएर पदभार ग्रहण गरेका छन्।

२०७२ मा संविधान निर्माणको क्रममा तत्कालीन कर्णाली र भेरीका केही जिल्ला सुदूरपश्चिम प्रदेशमा मिसाएपछि उनले छुट्टै प्रदेशको माग राखेर गरिएको जनआन्दोलनको अगुवाइ गरेका थिए।

सत्तासाझेदार दल माओवादी केन्द्रसँग मन्त्रालय भागबन्डामा सहमति नहुँदा कँडेलले कुनै मन्त्री नियुक्त गर्न सकेका छैनन्। माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित महत्त्वपूर्ण चारवटा मन्त्रालय र सभामुख आफूले पाउनुपर्ने माग गर्दै आएको छ।

ad
ad