Skip This
राष्ट्रिय सभाले आज उपाध्यक्ष पाउँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २८ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o चैत २८ बुधबार ११:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभाले आज उपाध्यक्ष पाउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत २८ बुधबार ११:३९:oo

राष्ट्रिय सभाको नयाँ उपाध्यक्ष चयन गर्न आज मतदान हुँदै छ। आज दिउँसो सवा १ बजे बस्ने बैठकले उपाध्यक्ष चयन गर्दै छ।

उपाध्यक्षमा एमालेबाट विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनी उम्मेदवार छन्। दुवैले निर्वाचन कार्यतालिकाअनुसार हिजो उम्मेदवारी दर्ता गराएका हुन्।

एमाले उम्मेदवार घिमिरेलाई सत्ताघटकका दलहरूको साथ रहेकाले उनको जित सुनिश्चित देखिएको छ।

सत्तागठबन्धनमै रहेको एकीकृत समाजवादीले भने कसैलाई मतदान नगर्ने जनाएको छ। ५८ सदस्यीय सभामा निर्वाचित हुन ३० सांसदको समर्थन आवश्यक पर्छ। सत्तागठबन्धनसँग माओवादीका १७, एमालेका ९, एकीकृत समाजवादीका आठ  र जसपाका चार गरी ३९ सांसद छन्। वामदेव गौतमसमेत जोड्दा यो संख्या ४० पुग्छ। समाजवादीका आठ सांसदले मतदान नगरे पनि एमाले उम्मेदवार घिमिरेको पक्षमा बहुमत देखिएको छ।

सभाको अध्यक्षमा माओवादीका नारायण दाहाल निर्वाचित भएपछि सोही पार्टीबाट उपाध्यक्ष रहेकी उर्मिला अर्यालले राजीनामा दिएसँगै उपाध्यक्ष पद रिक्त छ।