प्रमुख प्रतिपक्ष कांग्रेसले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ। आजको बैठक सुरु हुनेबित्तिकै आ–आफ्ना कुर्सीमा उभिएका कांग्रेस सांसदहरूलाई सभामुख देवराज घिमिरेले निरन्तर बस्न आग्रह गर्दा पनि मानिरहेका छैनन्।
सहकारी ठगीको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसको आज बिहान बसेको संसदीय दलको बैठकले सरकार आफ्ना मागमा गम्भीर नभए सदन चल्न नदिने निर्णय गरेको थियो।