Skip This
कांग्रेस संसदीय दलको निर्णय- संसदीय छानबिन समिति गठन नभए सदन चल्न नदिने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २७ मंगलबार
  • Friday, 26 July, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o८o चैत २७ मंगलबार १२:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस संसदीय दलको निर्णय- संसदीय छानबिन समिति गठन नभए सदन चल्न नदिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत २७ मंगलबार १२:१५:oo

प्रमुख प्रतिपक्ष कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन नगरेसम्म संसद् चल्न नदिने भएको छ।

सिंहदबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले सदनमार्फत लगातार ध्यानाकर्षण गराउँदा पनि सरकारले बेवास्ता गरेकाले संसदीय छानबिन समिति गठन नगरे संसद् बैठक चल्न नदिने निर्णय गरेको हो।

बैठकको निर्णयबारे जानकारी दिँदै प्रमुख सचेतक रमेश लेखकले सदन अवरुद्ध हुँदा उत्पन्न हुने परिस्थितिमा सरकार नै जिम्मेवार हुने बताए।

‘नेपाली कांग्रेसले आफ्ना मागबारे पटकपटक सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। तर, प्रमुख प्रतिपक्ष दलको आवाज सुन्न सरकार तयार भएको छैन । त्यसैले संसदीय दलको बैठकले सहकारी ठगीबारे छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ,’ बैठकपछि लेखकले भने, ‘कांग्रेस संसद् अवरोध गर्न चाहँदैन, तर नेपाली कांग्रेसको मागप्रति सरकार गैरजिम्मेवार बन्यो र संसद् अवरुद्ध भयो भने त्यसकाे जिम्मा सरकारले लिनुपर्छ ।’

सहकारीमा सर्वसाधारणले जम्मा गरेको निक्षेप अपचलन गरी भएको ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै कांग्रेसले निरन्तर संसदीय छानबिन समिति गठनको माग राख्दै आएको छ।

यस्ता छन् बैठकका निर्णयहरु :