१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o७:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

विद्यार्थीलाई सिटिजन्स बैंकको छात्रवृत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:४५:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बालविकास समाजलाई आर्थिक सहयोग गरेको छ । बैंकले १७औँ वार्षिकोत्सवका अवरसरमा अनाथ बालबालिकालाई लालनपालन तथा स्वास्थ्य उपचारका लागि एक लाख ५० हजार आर्थिक सहयोग गरेको हो । 

एक समारोहबीच बैंकले डेढ हजारबराबरको चेक संस्थाका अध्यक्ष सुवास गौतमलाई हस्तान्तरण गरेको जनाएको छ । बालविकास समाजमा रहेका ८० जना बालबालिकामध्ये १५ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने अध्यक्ष गौतमले बताए । 

बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको बताइएको छ । यसैको निरन्तरतास्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन यस्ता कार्यक्रम सञ्चालन गर्ने बताएको छ । 

ad
ad