१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o८:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

बुद्धिचालमा रूपेश अगाडि 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:१८:oo

नेपालका एफएम रुपेश जैसवालले मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा अमेरिका, भारत र बंगलादेशका खेलाडीलाई पछि पार्दै एकल अग्रता लिएका छन् । सात चरण खेल सकिँदा रुपेशले स्थानीय चार खेलाडीसहित पूर्वनेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाईं र भारतका रिशव निशादलाई पराजित गरेका थिए । उनले भारतका सुदिरकुमार सिन्हासँग बराबरी खेल्दै सर्वाधिक ६.५ अंक जोडेका छन् । रुपेशले १९६९ रेटिङबाट सुरु गरेका थिए । उनले सात चरणसम्म थप ३० रेटिङ बटुलेका छन् । 

अहिले उनको रेटिङ पर्फोमेन्स २१३८ रहेको छ । नेपालका सिएम सजिन महर्जन पाँच खेलमा जित र दुई खेल बराबरी खेल्दै ६ अंकका साथ दोस्रो स्थानमा छ । महर्जनले अमेरिकन वेभर सिया, भारतका निलेश कुमार, भारतकै विनायक यादव, नेपाली भवेष डंगोरिया र गोविन्द खड्कालाई हराए । उनले उदीयमान सुदीप तामाङ र भारतका दिव्यांशुसँग बराबरी खेलेका थिए । महर्जनले १९६८ रेटिङले प्रतियोगितामा थप ९.६ रेटिङ वृद्धि गरेका छन् । 

मेयर कपमा विदेशी खेलाडी सुधीरकुमार सिन्हा र ऋषभ निसादले समान ६ अंक जोड्दै संयुक्त रुपमा दोस्रो स्थानमा उभिएका छन् । भारतका सुधीरकुमार सिन्हाले पाँच जित र दबुई बराबरी खेलेका छन् । एक खेलमा हारको सामना गरेका भारतका रिाषव निसाद ६ खेलमा जित निकालेका छन् । प्रतियोगिताका उच्च रेटेड बंगलादेशका खेलाडी सिएमएमडी जमाल उद्दिन ५.५ अंकका साथ ६ जना खेलाडीसंगै संयुक्त  रूपमा तेस्रो स्थानमा रहेका छन् ।

जमालसँगै ५.५ अंक जोडेका भारतका विपुल सुभासी, नेपालका सिएम कृष्णथापा, सुरज महर्जन, युवा पुरुषोत्तम सिलवाल र सुदीप तामाङ रहेका छन् । जमालसँगै ५.५ अंक जोडेका भारतका विपुल सुभासी, नेपालका सिएम कृष्णथापा, सुरज महर्जन, युवा पुरुषोत्तम सिलवाल र सुदीप तामाङ रहेका छन् । भारतीय महिला खेलाडी डब्लुएफएम वृष्टि मुखर्जीले पाँच खेलमा जित र दुई खेलमा हार आत्मसात् गर्दै पाँच अंक बटुलेकी छिन् । उनी शीर्ष स्थानमा छिन् ।

ad
ad