१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १७:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी श्रेष्ठ क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १७:५१:oo

धादिङका पत्रकार अर्जुन श्रेष्ठ सम्मानित भएका छ्न्। प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले प्रदान गरेको प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार–२०७९ बाट श्रेष्ठ पुरस्कृत भएका हुन्।

नागरिकको सूचनाको हक एवं अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि उल्लेखनीय योगदान पुर्‍याउँदै आएको भन्दै क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको हो। श्रेष्ठ २०६७ सालदेखि सक्रिय पत्रकारितामा छन्।

श्रेष्ठ हाल नयाँ पत्रिका राष्ट्रिय दैनिकका जिल्ला संवाददाता, रेडियो धादिङका कार्यक्रम संयोजक र नेपालपथ डटकमका सम्पादक हुन्।

श्रेष्ठसहित राजाराम डंगोल पनि सम्मानित भएका छन्। प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार–२०८० बाट डंगोल सम्मानित भएका हुन्। उनी रेडियो कृषिको कार्यक्रम संयोजक र टोलटोलको खबरको सञ्चालक हुन्।

समृद्ध नेपाल निर्माणका लागि श्रमजीवी पत्रकार प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिता प्रेस चौतारी नेपालको आधार भन्ने मूल मर्मका साथ प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले २५औँ साधारणसभा तथा विस्तारित भेला सम्पन्न गरेको हो।

सोही अवसर पारेर क्रियाशील पत्रकारिता पुरस्कार वितरण गरिएको हो। पुरस्कृत श्रेष्ठ र डंगोललाई नगदसहित सम्मान–पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो। 

ad
ad