Skip This
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ३८ वर्षपछि पक्राउ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २६ सोमबार
  • Friday, 26 July, 2024
२o८o चैत २६ सोमबार १२:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ३८ वर्षपछि पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २६ सोमबार १२:४३:oo

ज्यान मारेको कसुर मुद्दामा १० वर्ष कैद सजाय तोकिएका ७० वर्षीय वृद्ध फरार रहेको अवस्थामा ३८ वर्षपछि पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार लहान नगरपालिका– १८ (साबिक भदैया गाविस– ५) बयरबोना गाउँका ७० वर्षीय वृद्ध इस्लाम मियाँ धुनियालाई गाउँघरमा लुकिछिपी बसिरहेको सूचनाको आधारमा घरबाट पक्राउ गरी आइतबार जिल्ला अदालतमा पेस गरेपछि त्यही दिन कैद सजाय भुक्तानका लागि सिराहा कारागार चलान गरिएको छ।

९ कात्तिक ०३६ मा लहान २४ गोविन्दपुरका खट्टर महतोको ज्यान मारेको कसुरसम्बन्धी मुद्दामा सिराहा जिल्ला अदालतले अभियोग ठहर गर्दै १० माघ ०४२ मा मियाँलाई १० वर्ष कैद सजायको फैसला गरेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तराम सापकोटाले जानकारी दिए। 

अदालतले फैसला सुनाएपछि फरार रहेका मियाँलाई लहान प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय ल्याएर आवश्यक अनुसन्धान गरी भोलिपल्ट आइतबार अदालतमा उपस्थित गराइएपछि कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको उनले बताए।