१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
केही दिनअघि रेसुंगा संरक्षित वन क्षेत्रमा लागेको डढेलो ।
२o८१ बैशाख २१ शुक्रबार १o:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

गुल्मीमा दुई वर्षमा करिब २५ सय हेक्टर वन क्षेत्रमा डढेलो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:o२:oo

डढेलो नियन्त्रणका क्रममा ज्यान गुमाएका नौजनाको परिवारले अझै पाउन सकेनन् राहत

१२ वैशाख ०६६ मा हस्तीचौर सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका क्रममा एउटै गाउँका रामलाल घिमिरे, अमरबहादुर कुँवर, देवकला खत्री, सीता कुँवर र धनकला खत्री गरी पाँचजनाले ज्यान गुमाए । २९ चैत ०७२ मा तत्कालीन मलाय गिरीको धैरेनी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका क्रममा स्थानीय कमल खड्का सख्त घाइते भए । उनलाई उपचार गर्ने कुनै उपाय भएन । स्थानीय प्रशासन र पत्रकारहरूले अभियान चलाएर उपचार गर्न जिल्लाबाहिर पठाए । तर, खड्काको ११ वैशाख ०७३ मा मृत्यु भयो ।

१७ वैशाख ०७३ मा तत्कालीन दोहली गाविस– ५ का तुल्सी लामा गुरुङ र लोकबहादुर गुरुङले पनि डढेलो नियन्त्रण गर्दा आगोमा परेर ज्यान गुमाए । उनीहरू नजिकैको सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका लागि गएका थिए । सोही ठाउँका गोपाल सुनारले पनि डढेलो नियन्त्रणकै क्रममा १० वैशाख ०६६ मा ज्यान गुमाएका थिए ।

अहिले जिल्लाका विभिन्न जंगलमा आगलागी भइरहेका छन् । आगलागी नियन्त्रणमा सुरक्षाकर्मीबाहेक स्थानीयको चासो छैन । बर्सेनि सरकार र निकायहरूले आगलागी नियन्त्रणमा स्थानीयलाई सहयोग गर्न आग्रह गर्ने गर्छन् । आगलागी नियन्त्रणकै क्रममा विभिन्न ठाउँका वनमा गुल्मीका नौजनाले ज्यानसमेत गुमाए । तर, पीडित परिवारले राहतको प्रतीक्षामा डेढ दशक बिताए पनि सरकारले उदासीनता देखाउँदै आएको छ ।

संघीय संरचनाअनुसार तीन तहका सरकार भए पनि पीडित परिवारबारे कोही पनि बोल्दैनन् । चुनावका वेला पीडित परिवारले विभिन्न दलका थुप्रै नेताको आश्वासन नपाएको भने होइन । तर, कसैले पनि राहतका लागि पहल गरेको देखिएन । पीडित परिवारका सदस्यले पटक–पटक वन, प्रशासन र नेताको ध्यानाकर्षण गराउँदै आएका छन् । प्रशासन र वन कार्यालयबाट फाइल उठाएर विभाग पठाए पनि कुनै सुनुवाइ नभएको मृतक लोकबहादुरका छोरा तेजेन्द्र गुरुङले गुनासो गरे । ‘कैयौँपटक वन कार्यालय र प्रशासन पुग्यौँ । नेताले चुनावमा र कार्यालय पुग्दा हाकिमले आश्वासन मात्रै दिए,’ उनले भने, ‘अब ज्यान जोखिममा राखेर वन जटोगाउन को जालान् ।’ 

डढेलोमा साइँलीआमा सीता कुँवर, भाइ अम्मर कुँवर, दिदी देवकला खत्री र सानीमा धनकला खत्री गुमाएका इस्मा गाउँपालिका– १ का धनबहादुर कुँवरले प्रशासनबाट सामान्य किरिया खर्चबाहेक थप राहत नपाएको गुनासो गरे । उनले राहतका लागि थुप्रैपटक प्रशासन र वनको ध्यानाकर्षण गराउँदै आएका छन् । तर, कुनै सुनुवाइ नभएपछि पीडा सहेर बस्न बाध्य भएको उनले बताए ।

बर्सेनि डढेलोको कहर
पहाडी जिल्लामा पर्ने गुल्मीमा बर्सातमा पहिरो र हिउँदमा डढेलोको जोखिम बढी छ । डढेकै कारण केही समयअगाडि वडागाउँका ७३ घर नष्ट भएका थिए । पछिल्लो पाँच वर्षमा ११ जनाले आगोमा परेर ज्यान गुमाएका छन् । बर्सेनि सयांँ वन क्षेत्र डढेलोका कारण नष्ट भइरहेको छ । केही दिनअघि मात्रै रेसुंगा संरक्षित वन क्षेत्रको सय हेक्टर वन क्षेत्र डढेलोले नष्ट भयो । यस वर्ष दुई सय दुई हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । गत वर्ष एक सय आठपटक गरेर दुई हजार दुई सय ७६ हेक्टर वन क्षेत्र डढेलोले नष्ट भएको डिभिजन वन कार्यालय गुल्मीका वन अधिकृत तथा सूचना अधिकारी राजन कुँवरले जानकारी दिए । अहिले रेसुंगा धार्मिक संरक्षित वन क्षेत्र, चन्द्रकोट गाउँपालिकाका दुई स्थान, कालीगण्डकीमा एक ठाउँ, सत्यवतीका दुई स्थान, रुरु र गुल्मी दरबारको वन क्षेत्रमा डढेलो लागेको उनले बताए । गुल्मीमा चार सय ५९ सामुदायिक वन छन् । सुक्खा मौसम र हावाहुरी बढ्दै गएकाले दैनिक वनमा डढेलो लाग्ने क्रम वृद्धि हुँदै गएको छ ।

ad
ad