
सेन्ट्रल फाइनान्स लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। २७ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको फाइनान्सको वार्षिक साधारणसभा चैत २३ गते शुक्रबार सम्पन्न भएको हो।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त उक्त वित्तीय संस्थाको चुक्ता पुँजी ९४ करोड ८८ लाख ७५ हजार रुपैयाँ, निक्षेप सात अर्ब २६ करोड र कर्जा चार अर्ब ८३ करोड रुपैयाँ रहेको छ।
संस्थाले ‘सेन्ट्रल स्मार्ट’ मोबाइल बैंकिङ एप, एटिएम डेबिट कार्ड, चेक क्लियरिङ, आइपिएस, कनेक्ट आइपिएस, कर्पोरेट पे, आरटिजिएस, मर्चेन्ट क्युआर पेमेन्ट, क्युआर टेलर, रेमिट्यान्स सेवा, सी–आस्वाजस्ता आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी थप डिजिटल बैंकिङ सेवा प्रदान गर्दै लैजाने लक्ष्य लिएको संस्थाले जनाएको छ।
ललितपुरको कुपण्डोल कानदेवस्थानमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले देशका १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ।