१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १५:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आगामी बजेटले जनतालाई परिवर्तनको महसुस गराउनेछ : प्रधानमन्त्री प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १५:o८:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले जनतालाई परिवर्तन एवं विकासको महसुस गराउने दाबी गरेका छन्। 

माओवादी केन्द्रको गोरखा जिल्ला पार्टीले आज गोरखामा आयोजना गरेको कार्यकर्ता भेटघाट एवं प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले आगामी आर्थिक वर्षमा विकास र निर्माणका क्षेत्रमा प्रभावकारी आयोजना लिएर आउने बताए। 

आगामी आर्थिक वर्षको बजेट विगत आर्थिक वर्षका जस्तो नहुने उनको भनाइ छ। यसपटक जनताका सुझावलाई समेत समेटेर बजेट निर्माण गरिएको प्रधानमन्त्रीले जिकिर गरे। उनले परिणाम दिने आयोजनालाई मात्र बजेटको व्यवस्था गरिने स्पष्ट पारे। 

‘गोरखा जिल्लाको जनप्रतिनिधिको हैसियतले गोरखाको सडक पूर्वाधारमा मेरो ध्यान जानेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘जलविद्युत्, जडीबुटी एवं अन्य पूर्वाधार क्षेत्रमा विशेष ध्यान दिनेछु, यसपटक जनताले बुझ्ने गरी बजेट विनियोजन हुनेछ ।’ 

उनले अहिले आर्थिक वर्षमा देशभर सुशासन एवं सामाजिक न्यायका पक्षमा महत्वपूर्ण काम भइरहेको पनि जिकिर गरे। ‘शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म आइपुग्दा भ्रष्टाचार गर्ने कोही पनि छुट्नेछैनन्, सुशासनको सरकारको काम अगाडि बढ्छ,’ उनले भने।

माओवादीले मात्र सामाजिक न्यायको क्षेत्रमा लाखौँ मिटरब्याजबाट पीडितलाई न्याय दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यही सरकारले मात्र विदेशमा रहेका श्रमिक एवं देशभित्रका न्यून आय भएका श्रमिकलाई सामाजिक सुरक्षामा सामावेश गराएको बताए।

गोरखा जिल्ला जनयुद्धको समयमा पनि अग्रणी भूमिका रहेको उल्लेख गर्दै उनले विकास निर्माण र सामाजिक न्यायको विषयमा जनताले गरेको अपेक्षालाई सम्बोधन गर्नेमा विश्वस्त हुन आग्रह गरे।  

ad
ad