१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १२:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आयरल्यान्ड वल्भ्स ३८.४ ओभरमै अलआउट, नेपाल ‘ए’ले पायो १७५ रनको लक्ष्य

शृंखलामा कायम रहन जित्दै पर्ने खेलमा नेपाल ‘ए’का बलरले गरे कसिलो बलिङ, साहब र जिनले लिए तीन–तीन विकेट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:४८:oo

तीन एकदिवसीय शृंखलाको दोस्रो म्याचमा नेपाल ‘ए’ले जितका लागि एक सय ७५ रनको लक्ष्य पाएको छ।

टस जितेर नेपाल ‘ए’का कप्तान विनोद भण्डारीले पहिले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आयरल्यान्ड वल्भ्सले ३८.४ ओभरमा अलआउट हुँदै एक सय ७४ रन बनायो।

५० रन बनाउँदा ६ विकेट गुमाएको आयरल्यान्ड ‘ए’का लागि बलर ग्याभिन होएले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे। टिम संकटपूर्ण अवस्थामा पुगेका वेला क्रिजमा आएका ग्याभिनले दुई छक्का र पाँच चौकाको मद्दतमा ५९ बलमै ५० रन पूरा गरे। ५० रनकै अवस्थामा रिजन ढकालको बलमा आउट हुँदै उनी पेभेलियन फर्किंदा आयरल्यान्ड ‘ए’ ले एक सय ४८ रन जोडिसकेको थियो।
 
यस्तै, कप्तान निल रकले ३८ बलमै समान तीन छक्का र चौका प्रहार गर्दै ४५ रन बनाए । आक्रामक ब्याटिङ गरेका निललाई कमलसिंह ऐरीले बसिर अहमदको हातबाट क्याच गराउँदै पेभेलियन पठाए।

लियाम मकार्थीले ३५ तथा पिजे मुरले १७ रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

५० ओभरको खेलमा आयरल्यान्ड ‘ए’लाई मध्यम स्कोरमा रोक्न नेपाल ‘ए’का बलरहरू सादव आलम र रिजन ढकालले सानदार बलिङ गरे। दुवैले तीन–तीन विकेट लिए।

१० ओभर बलिङ गरेका सादवले एक मेडन ओभर राख्दै जम्मा ३५ रन दिए। रिजनले पनि कसिलो बलिङ गर्दै आठ ओभरमा ३० रन दिए। 

सागर ढकालले दुई तथा कमलसिंह ऐरीले एक विकेट लिए। सागर केही महँगो साबित भए । ७.४ ओभर बलिङ गरेका सागरले ६० रन खर्चिए। कमलले नौ ओभर बलिङ गर्दै ३३ रन मात्र दिए। 

कसिलो बसिर अहमदले तीन ओभरमा मात्र १० रन दिए भने देव खनालले एक ओभर बलिङ गर्दै पाँच रन खर्चिए।

जारी शृंखलामा कायम रहन नेपाल ‘ए’ले आज जित्नैपर्ने अवस्था छ। आजको खेलमा अर्जुन कुमाल, रञ्जितकुमार, रूपेश सिंह र विकास आग्रीलाई विश्राम दिएको छ । 

ad
ad