गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिबीच व्यावसायिक सम्झौता भएको छ । सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र नेक्सजेनका तर्फबाट अध्यक्ष रमेशकुमार भट्टराईले हस्ताक्षर गरे ।
सम्झौताअनुसार गरिमा क्यापिटलले नेक्सजेन म्यानेजमेन्टका ग्राहकवर्गलाई पुँजी बजारसँग सम्बन्धित सेवा प्रदान गर्ने बताइएको छ । यो सहकार्यले पुँजी बजारमा सहज, सुरक्षित र भरपर्दो रूपमा सेवा प्राप्त गर्न सहयोग पुर्याई नेपालको आर्थिक आत्मनिर्भरता र समृद्धिमा टेवा पुर्याउने कम्पनीको विश्वास छ ।