Skip This
राजीनामा दिँदै सुदूरपश्चिमका मुख्यमन्त्री शाह
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २२ बिहीबार
  • Monday, 12 May, 2025
२o८o चैत २२ बिहीबार १८:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजीनामा दिँदै सुदूरपश्चिमका मुख्यमन्त्री शाह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २२ बिहीबार १८:११:oo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन्। प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री शाहले राजीनामा दिने निर्णय गरेका हुन्।

उनले केहीबेरमा राजीनामा दिने उनको सचिवालयले जनाएको छ। उनी राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालय जाने तयारीमा छन्। उनकाे सचिवालयका अनुसार उनी राजीनामा बुझाउन प्रदेश प्रमुख नजिर मियाको निवास जान लागेका छन्।

आज ३ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची तय भएको थियो। मुख्यमन्त्री शाहकै आग्रहमा दिउँसो ३ बजे आह्वान गरिएको बैठक बेलुका ५ बजे सारिएको थियो। ५ बजे पनि प्रदेश सभा बैठक बस्ने टुंगो नलागेपछि उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने निर्णय गरेका हुन्। 

काठमाडौंमा रहेका नागरिक उन्मुक्तिका दुई र एकजना स्वतन्त्र सांसद नफर्केपछि उनले विश्वासको मत पाउने अवस्थाको अन्त्य भएको हो।