१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुल्मीको रेसुंगा क्षेत्रमा भीषण आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:o८:oo

करोडौँको ‘रेसुंगा पार्क’ जोखिममा

गुल्मीको रेसुंगा क्षेत्रमा भीषण आगलागी भएकाे छ ।  आगलागी हुँदा करोडौँको ‘रेसुंगा पार्क’ जोखिममा परेको छ । आज बिहानबाट रेसुंगा पार्क क्षेत्रमा भीषण आगलागी भएका कारण पार्क जोखिममा परेको छ ।

पार्कनजिकैको सल्लेरीबाट भीषण आगो पार्कनजिकै पुगेको छ । रेसुंगा पार्क ३.९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । रेसुंगा पार्क पाँच करोड ५९ लाख ५३ हजारको लागतमा निर्माण भएकाे हाे ।

पार्क क्षेत्रभित्र भ्युटावर, पाँचवटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बालबालिकाका प्ले जोन, पिकनिक स्पट, दुई शौचालय, प्रशासकीय भवन, टिकट काउन्टर र पुलसहितको पोखरीलगायतका संरचना निर्माण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले पार्क सुरक्षित गर्न सुरक्षाकर्मी परिचालन हुने बताए । रेसुंगा नगरपालिकाको दमकल भर्खरै गर्जुरा क्षेत्रमा गएको छ ।

तर, ठूलो सल्लेरी, आगो ठूलो र दमकल पुग्ने तम्घासतिरको भागमा सडक नभएकाले नियन्त्रणमा समस्या रहेको सुरक्षाकर्मीहरूको भनाइ छ । २१ चैतमा पनि रेसुंगा क्षेत्रमा आगलागी भएको थियो ।

ad
ad