कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा पेस गरेका छन्।
कर्णाली प्रदेशमा विश्वासको मत पाऊँ भनी पेस गरेको पत्र फिर्ता लिएका शर्माले प्रदेश प्रमुखसमक्ष राजीनामा पेस गरेका हुन्।
लामो रस्साकस्सीपछि कर्णालीका मुख्यमन्त्री शर्माले राजीनामा दिएसँगै एमालेलाई सरकार हस्तान्तरण गर्न तयार भएका छन्।