Skip This
दम्पती हत्याको अनुसन्धान गर्न कुकुरसहितको विशेषज्ञ टोली पुग्यो घटनास्थल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २० मंगलबार
  • Saturday, 27 July, 2024
२o८o चैत २० मंगलबार २१:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दम्पती हत्याको अनुसन्धान गर्न कुकुरसहितको विशेषज्ञ टोली पुग्यो घटनास्थल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २० मंगलबार २१:१६:oo

पर्वतको जलजला गाउँपालिका–२ मल्लाजमा वृद्ध दम्पती मृत भेटिएको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुरसहितको विशेषज्ञ टोली घटनास्थलमा आइपुगेको छ। 
    
स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र अन्दाजी ६७ वर्षीया श्रीमती कमला जिसी मंगलबार घरमै मृत अवस्थामा भेटिएका थिए। उनीहरूको हत्या भएको प्रारम्भिक अनुमानपछि प्रदेशबाट विज्ञटोली बोलाइएको पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए। जिसी दम्पतीको सोमबार राति अपरिचित व्यक्तिले हत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ। 

‘गण्डकी प्रदेश प्रहरी कार्यालयबाट डाक्टर र कुुकुरसहितको विज्ञटोली घटनास्थलमा आइपुगेको हो,’ प्रहरी नायब उपरीक्षक भुसालले भने, ‘घटनास्थल प्रहरीको नियन्त्रणमा छ।’ घटना रहस्यमय देखिएकाले अनुसन्धान गर्न विशेषज्ञको टोली बोलाइएको उनले बताए।

मृतक जिसी दम्पतीका दुई छोरा वैदेशिक रोजगारीको क्रममा कोरियामा छन्। एक छोरा म्याग्दीको बेनी बजारमा बस्दै आएका छन्। बेनी बजारमा पसल गरेर बस्ने जेठो छोरा रवीन जिसीले घरमा बुबाआमालाई फोन गर्दा नउठेपछि छिमेकीलाई बुझ्न लगाएका थिए। छिमेकीले घरको ढोकामा चाबी लगाएको सुनाएपछि छोरा रविन बेनीबाट गाउँ पुगेर घरको ढोका खोल्दा बुवाआमा मृत अवस्थामा भेटिएका थिए।

जलजला गाउँपालिका–२ का वडाध्यक्ष प्रकाश जिसीले घरमा जिसी दम्पती मात्र बस्ने गरेको जानकारी दिए। (रासस)