मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o चैत २० मंगलबार
  • Wednesday, 02 September, 2026
तस्बिर : संजित परियार/नयाँ पत्रिका।
नयाँ पत्रिका काठमाडौं
२o८o चैत २० मंगलबार १६:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सबै वामशक्तिलाई नजिक ल्याउन समीकरण फेर्ने जोखिम लिएको हुँ : प्रधानमन्त्री प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत २० मंगलबार १६:४६:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै वामपन्थी शक्तिलाई नजिक ल्याउनका लागि आफूले सरकारको समीकरण फेरबदलको जोखिम माेलेको बताएका छन्।

समाजवादी मोर्चाले आज राजधानीमा गरेको नेपाली विशेषताको समाजवादसम्बन्धी अन्तर्क्रियामा माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले वामपन्थी शक्तिबीच एकता र सहकार्य भए मात्र समाजवादको यात्रा सहज बन्ने पनि बताए।

‘म अहिले धेरै व्याख्या गर्न चाहन्न। कमरेडहरूलाई थाहै छ, मैले जोखिम मोलेकै हो,’ उनले भने, ‘नेपाल मात्र त्यस्तो परिस्थितिमा छ जहाँका समाजवादी, राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादी देश बन्न सक्छ। यसैले पनि सबैलाई एक ठाउँमा ल्याउन मैले जोखिम मोलेकै हो।’ 

उनले वर्तमान सम्झौताको दस्ताबेज भएकाले पूर्ण नभएको बताउँदै पुँजीवादी र प्रतिक्रियावादीहरूलाई परास्त गर्दै समाजवादी विजयी हुन पनि एकताबद्ध हुनुपर्ने दोहोर्‍याए।

‘यो संविधान पूर्ण छैन। यो सम्झौताको दस्ताबेज हो। संविधानमा पुँजीवादका पनि थुप्रै विशेषता छन्, समाजवादका पनि विशेषता छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘पुँजीवादी र प्रतिक्रियावादीले जित्दै गए भने यी उपलब्धि पनि उल्टिनेछन्। हामी एकताबद्ध नहुने हो भने त्यतातिर जाने सम्भावना पनि रहन्छ।