Skip This
नेपालमा समाजवादको भविष्य सुन्दर छ : नेपाल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २० मंगलबार
  • Friday, 26 July, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका।
नयाँ पत्रिका काठमाडौं
२o८o चैत २० मंगलबार १६:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालमा समाजवादको भविष्य सुन्दर छ : नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत २० मंगलबार १६:१७:oo

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा समाजवादको भविष्य सुन्दर रहेको बताएका छन् । 

समाजवादी मोर्चाले आज राजधानीमा गरेको नेपाली विशेषताको समाजवादसम्बन्धी अन्तर्क्रियामा पूर्वप्रधानमन्त्री नेपालले समाजवादको विकल्प नभएको भन्दै तर त्यसका लागि आचरणमा परिवर्तन आवश्यक रहेको बताए । 

‘जनताको पीडा र वेदनासँग एकाकार भएर, कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर जान सक्ने अवस्था बन्यो भने नेपाली समाजको रूपान्तरण सम्भव छ,’ उनले भने, ‘तर, त्यसअघि हामीले कम्युनिस्ट पार्टीहरूभित्र बढेको भ्रष्टीकरणलाई रोक्न सक्नुपर्छ, कार्यकर्तालाई रूपान्तरित गर्न सक्नुपर्छ।’ 

उनले अहिले पनि हाम्रो समाजमा छाउपडी भोग्नु परिरहेको, बोक्सी मनेर महिलालाई अहिले पनि यातना दिने गरिएको भन्दै अनियमितता व्याप्त हुँदा, कमिसनतन्त्र व्याप्त हुँदा समाजवादसम्म जाने यात्रामा चुनौती थपिने चिन्ता व्यक्त गरे।