मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o चैत २० मंगलबार
  • Wednesday, 09 July, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका।
नयाँ पत्रिका काठमाडौं
२o८o चैत २० मंगलबार १४:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समाजवादी शक्तिले सत्ताको अधिकतम सदुपयोग गर्नुपर्छ : क्षेत्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत २० मंगलबार १४:१७:oo

पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले उत्पादन र उत्पादन सम्बन्ध नै समजवादको महत्वपूर्ण कडी भएको बताएका छन् । 

समाजवादी मोर्चाले आज राजधानीमा गरेको नेपाली विशेषताको समाजवादसम्बन्धी अन्तर्क्रियामा पूर्वगभर्नर क्षेत्रीले के उत्पादन गर्ने र त्यो कसको हितको निम्ति गर्ने भन्ने कुरालाई राम्रोसँग समात्न सकिएन भने समाजवाद आउन नसक्ने बताए।

‘निजी स्वामित्वमा रहेको स्रोत–साधन अनियन्त्रित ढंगबाट प्रयोग गर्न पाउनुपर्छ भन्ने धारणाको ठीकविपरीत स्रोतसाधनलाई धेरैभन्दा धेरै श्रमजीवी वर्गको हितमा प्रयोग गर्ने विधि नै समाजवाद हो,’ उनले भने, ‘उत्पादनका साधनमाथि सार्वजनिक स्वामित्वको कुरा नै समाजवादको मूल विषयवस्तु हो । तर, हामीमध्ये कतिपयलाई पुँजीवादभित्रैबाट पनि समाजवाद आउन सक्छ भन्ने गरेका छौँ, त्यो गलत छ।’ 

उनले समाजवादको सैद्धान्तिक एड्भोकेसी हुँदै जाने भए पनि समाजवादी शक्तिहरूले अवसर पाएका वेला सरकारमा पुगेर सत्ताको पनि अधिकतम प्रयोग गर्नुपर्ने बताए।