Skip This
उखु किसानलाई तत्काल अनुदान उपलब्ध गराउन सांसद तामाङको माग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २० मंगलबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o चैत २० मंगलबार १३:३४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

उखु किसानलाई तत्काल अनुदान उपलब्ध गराउन सांसद तामाङको माग

आगामी वर्षदेखि स्थानीय तहमार्फत् प्रदान गर्न सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत २० मंगलबार १३:३४:oo

एमाले सांसद तारा लामा तामाङले उखु किसानलाई तत्काल अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद तामाङले सरकारले उखु किसानलाई प्रतिक्युन्टल ७० रुपैयाँ अनुदान उपलब्ध गराउँदै आए पनि कञ्चनपुरमा सात सय किसान छुटेको बताए।

उनका अनुसार प्रतिक्विन्टल ७० रुपैयाँका दरले २६ करोड ३४ लाख ९५ हजार ३८७ बाँड्दा पनि उखु किसान छुटेका हुन्। ‘माग गरिएकामध्ये दुई सय ५६ जना छुटेका छन्। त्यसबाहेक चार सय ५० गरी करिब सात सय किसानलाई यथाशीघ्र अनुदान निकासा होस्,’ उनले भने। 

सांसद तामाङले आगामी आर्थिक वर्षदेखि उखु किसानलाई स्थानीय तहमार्फत अनुदान उपलब्ध गराउन सरकारलाई सुझाव दिए। ‘आगामी आवदेखि स्थानीय तहमार्फत व्यवस्थित रूपमा अनुदान उखु किसानलाई उपलब्ध गराउन अनुरोध गर्दछु,’ उनले भने।