१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १४:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आरिफको आक्रामक ब्याटिङमा नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’लाई दियो २१४ रनको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:५९:oo

तीन टी–२० म्याचको शृंखलाको अन्तिम म्याचमा नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’लाई जितका लागि दुई सय १४ रनको मजबुत लक्ष्य दिएको छ। 

टस जितेर आयरल्यान्ड ‘ए’ले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा दुई सय १३ रन बनायो। नेपालको विशाल रन स्कोरमा आरिफ शेखको योगदान सबैभन्दा महत्वपूर्ण रह्यो। 

४८ बल मात्र खेलेका आरिफ ९३ रनमा अविजित रहे। उनले विस्फोटक इनिङमा ६ छक्का र सात चौका प्रहार गरे। अन्य ब्याटरले ठूलो रन स्कोर खडा गर्न सकेनन् । 

बरु बलर रसिद खानले १३ बलमा २४ रन हानेर आरिफलाई महत्वपूर्ण साथ दिए । यस्तै, अर्का बलर कमलसिंह ऐरीले सात बलमा १९ रन प्रहार गरे । उनी अविजित रहे । 

ब्याटिङको मुख्य जिम्मेवारीमा रहेका बसिर महम्मदले २१ बल खेलेर १९, पवन सर्राफले १२ बल खेलेर १३ रन बनाए भने कप्ता विनोद भण्डारीले आठ रन जोडे।

नेपालको ओपनिङ जोडीले आज पनि राम्रो गर्न सकेन । आजको खेलमा कप्तान भण्डारीको स्थानमा देव खनाल ओपनिङ गर्न आएका थिए। तर, खनाल सात बलमा ६ रन बनाएर आउट भए । अर्का ओपनर लोकेश बलले सात बलमा आठ रन बनाए । 

पहिलो म्याच खेलेका नारायण जोशी एक रनमा रनआउट भए।

ad
ad