Skip This
कर्मचारीमाथि हातपात गर्ने निवर्तमान शिक्षामन्त्रीलाई कारबाहीको माग गर्दै पेनडाउन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १९ सोमबार
  • Friday, 26 July, 2024
सौरभ यादव राजविराज
२o८o चैत १९ सोमबार १२:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्मचारीमाथि हातपात गर्ने निवर्तमान शिक्षामन्त्रीलाई कारबाहीको माग गर्दै पेनडाउन

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८o चैत १९ सोमबार १२:१७:oo

पूर्वाधार विकास कार्यालय राजविराजका प्रमुखउपर भएको हातपातपछि उक्त कार्यालयका कर्मचारीहरू आन्दोलनमा उत्रेका छन्। दोषीउपर कारबाहीको माग गर्दै उनीहरूले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै कार्यालयका कामकाज ठप्प पारेका छन्।

कर्मचारीहरूले एक विज्ञप्ति जारी गर्दै उक्त घटनापश्चात् त्यहाँ काम गर्ने कर्मचारीको सुरक्षाको प्रत्याभूति नभएकाले सुरक्षित वतावरण बनाइदिन सम्बन्धित निकायसँग माग गरेका छन्।

मधेश प्रदेशका निवर्तमान शिक्षामन्त्री तथा जनमत पार्टीका नेता महेशप्रसाद यादवले आइतबार पूर्वाधार विकास कार्यालय राजविराजका प्रमुख प्रवीणप्रताप अधिकारीलाई दुर्व्यवहार गरेका थिए।

दुईवटा योजनाको चिट्ठी आफूले पठाएको व्यक्तिलाई नदिएको भन्दै निवर्तमान मन्त्री यादवले हातपात गरेको कार्यालयका प्रमुख अधिकारीको भनाइ छ। त्यसअघि मधेश प्रदेशका सांसद सकिल मियाँले पनि कार्यालयमा पटकपटक टेबुल ठोक्ने तथा गालीगलौज गर्ने काम गरेको विज्ञप्तिमा उल्लेख छ।

निवर्तमान मन्त्री यादवले हातपातको कुरा अस्वीकार गरेका छन्। उनले प्रदेश सरकारको योजनाको चिट्ठी दलालमार्फत बिक्री–वितरण गर्न थालेपछि आफू आवेशमा आएको बताए। उनले हातपात नगरेको, हल्का ठेलेको मात्रै बताएका छन्।